पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानको औपचारिक घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,’उहाँको त्यसमा कुनै संलग्नता नै थिएन, निर्दोष भएपछि निर्दोष भन्न पाइदैन ? उनले प्रश्न गर्दै थपे,’अदालतले निर्दोष ठहर नगरी प्रधानमन्त्रीले निर्दोष छ भनेर पाइन्छ भनेर भन्लान तर अदालतले दोषी ठहर नगरी दोषी भन्न पाइने, मनपरी भन्न पाइने अनि निर्दोष भन्न नपाइने ?’ केहि पूर्वाग्रही छुद्र ढंगले चल्न खोज्ने संस्था न्यायाधिश बन्न खोजेको भन्दै उनले आक्रोश ब्यक्त गरे ।
उनले स्वर्गीय नेता अधिकारीले आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जिकिर गरे । प्रधानमन्त्री ओलीले भने,’नयाँ मन्त्री हुनुहुन्थ्यो, पर्यटन क्षेत्र बुझ्नुपर्यो, संस्कृति क्षेत्र बुझ्नुपर्यो, कसरी बुझ्नुहुन्छ भन्ने सोच्थे तर उहाँले निकै कुशलतापूर्वक काम गर्नुभयो ।’
https://www.facebook.com/gandaknews/videos/376540492975606/?t=3
प्रधानमन्त्री ओलीले ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना भएको घोषणा गर्दै सरकारले प्रतिष्ठानका लागि एक करोड रुपैँया सहयोग गर्ने बताए ।उनले कास्कीका बासिन्दालाई रवीन्द्र अधिकारी जस्तो नेता पाएकोमा गर्व गर्न आग्रह गरे ।
रवीन्द्रकी पत्नी विद्या भट्टराईको अध्यक्षतामा गठन भएको प्रतिष्ठानमा ३५ सदस्यीय तदर्थ र ४१ सस्दयीय सल्लाहकार समिति रहेका छन् । प्रतिष्ठानकी अध्यक्ष विद्याको अनुुसार रवीन्द्रका सोच र दृष्टिकोणलाई स्थायी बनाउन परिवार, साथीभाइ र पार्टीको तर्फबाट चुनिएका ब्यक्तिहरु समितिमा रहेका छन् ।
कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानलाई गर्नुपर्ने सहयोगमा आफू प्रतिवद्व रहेको बताए ।



सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु