स्व. रवीन्द्र अधिकारीका दुई छोरा छन् । जेठो बिराज, कान्छो स्वराज । बिराज उच्च शिक्षा पढ्छन्, बुझ्ने भैसके । आठ वर्ष हुँदैमा बाबु गुमाएका कान्छो बाल्यावस्थामा पनि चलाख छन्, बुझ्ने छन् । गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परी बाबुको निधन हुँदा स्वराज सुरुमा त बेखबर नै थिए, अहिले उनलाई पक्का भइसक्यो ‘अब बुबा हुनुहुन्न, कहिल्यै आउनुहुन्न’ । बुबाको श्रद्धाञ्जली सभा होस् या घरमा हजुरबुवा, आमा, आमालाई ‘अब म छु नि ‘ भन्ने भावमा स्वराज सार्वजनिक कार्यक्रममा प्रस्तुत हुन्छन् ।
बाबुको नाममा स्थापित प्रतिष्ठान उद्घाटन समारोहमा आज मञ्चमा उनको बालसुलभ व्यवहार उस्तै दोहोरियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै काखमा उनी लुटपुटिए । प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई आफू वर बोलाएर दुई जनाबीचमा पारी सेल्फी खिचे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निकट पुगेर पनि उस्तै गफिन्थे । ओलीले पनि स्वराजसँग आत्मियता बढाउँदै थिए । यसअघि काठमाण्डौकै कार्यक्रममा पनि स्वराज उसैगरी ओली छेउ प्रस्तुत भएका थिए ।
स्वराजले पिता गुमाउनुको पीडा के हो ? राम्ररी बुझिसकेका छैनन् । आफ्नो बाबुको मृत्यु भएको दिन छिमेकी तथा पिताका सहयात्री धनराज आचार्यलाई ‘अंकल, मेरो बाबा कहिले घर आउनुहुन्छ ?’ भनेर प्रश्न गर्दै बाबा आउने बाटोतिर आँखा ओछ्याइरहँदा घरको बार्दलीमा बसेको फोटो मिडियामा छाएको थियो । सबैलाई स्तब्ध पारे । श्रद्धाञ्जलीसभामा बाबुको शवसँगै भएकी आमाको आँखाका आँसु देख्ने बित्तिकै एकाएक आमासामू अभिभावकजसरी प्रस्तुत भएका थिए । स्वराजले सान्त्वना दिँदै आफ्नै हातले पानी खुवाएर आँशु पुछिदिएको करुणामय दृश्यले त्यहाँ वरिपरी रहेकाहरु सबै शोकसन्तप्त बन्न पुगेका थिए । अहिले स्वराज बुबाको स्मरणमा आयोजित अधिकांश कार्यक्रममा सहभागी हुन्छन् अनि उपस्थित सबैसँग खुलेर कुरा गर्छन् । रविन्द्रको सानोको तस्विर कान्छो स्वराज जस्तै पनि देखिन्छ । अहिले स्वराजले रविन्द्रको झल्को मेटाइदिएको परिवारमा चर्चा पनि चल्छ ।
रविन्द्रको राजनीतिक तथा सामाजिक योगदानलाई चीरस्थायी बनाउन उनको नाममा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा भएको छ । प्रतिष्ठानलाई तत्कालिन पर्यटन मन्त्री कामकै सिलसिलामा दिवंगत भएका कारण १ करोड प्रधानमन्त्रीबाट घोषणा भएको छ ।
सम्बन्धित समाचार :-
http://gandaknews.com/rabindra-kp-oli-pokhara/
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु