पोखरा । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ ।
कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक केवलकार हुने दाबी गरिएको छ । प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको जानकारी मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुले दिए ।
प्रस्तावित सो केवलकारको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान तीन दिनअघि नेपाल आइपुगेको हो । सोही विमानको सहयोगमा डीपीआरको काम भइरहेको छ । नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य भइरहेको उनले बताए ।
८३ दशमलव ६५ किलोमिटर लम्बाइ रहने उक्त केवलकारमा १९ वटा स्टेशन रहनेछन् । शुरुवातको स्टेशन वीरेठाँटी वा नयाँपुलमा हुनेछ । त्यसपछि टिकेढुङ्गा घोरेपानी, सिखा पाखरेबगर, तातोपानी, काभ्रे, घासा हुनेछन् । त्यसपछि कालोपानी लेते, कोवाङ चोखोपानी, टुकुटे, मार्फा, जोमसोममा पनि स्टेशन हुनेछन् ।
त्यस्तै कागबेनीमा अर्को स्टेशन र अन्तिम स्टेशन मुक्तिनाथमा हुनेछ । आठवटा स्टेशनमा यात्रुहरु अनिवार्य रुपमा झर्नुपर्ने र वक्स परिवर्तन गर्नुपर्ने हुन्छ । तीनवटा स्टेशनमा यात्रुले चाहेको खण्डमा चढ्न र झर्ने गर्न पाउनेछन् । आयोजनाको कूल लागत करिब ५० अर्ब हुने बताइएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु