बुटवल– नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव नेतृत्वको नेकपालाई मारकाटको विद्रोह छाडेर शान्तिपूर्ण मुलधारको राजनीतिमा आउन सुझाव दिएका छन् । नेपाली काँग्रेस गुल्मीको राष्ट्रिय जागरण अभियान अन्तर्गत सदरमुकाम तम्घासमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ गुल्मीले आयोजना गरेको विशाल आमसभामा नेता शर्माले विप्लवलाई यस्तो सुझाव दिएका हुन् ।
‘विप्लवहरुले प्रचण्डलाई मार्ने लिस्टमा राखेको बताइन्छ’ उनले भने, ‘अहिलेको प्रचण्ड हिजोको प्रचण्ड होइन । हिजोको प्रचण्ड बुलेट्बाट शक्ति आउँछ भन्ने प्रचण्ड हुनुहुन्थ्यो, अहिलेको प्रचण्ड ब्यालेटबाट शक्ति आउँछ भन्ने हुनुहुन्छ । शान्ति प्रक्रियामा प्रचण्डलाई पनि बाँच्ने अधिकार छ । अखिर विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो ?’
उनले प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढहरु र विप्लवहरु एउटै कम्युनिष्ट भएको बताउँदै प्रधानमन्त्री ओलीलाई विप्लव समूहको बलि नचढाउन समेत सुझाव दिए । ‘तपाईहरु पनि कम्युनिष्ट नै हो विप्लवहरु पनि कम्युनिष्ट नै हो । यसरी जात थर गोत्रा सबै एउटै भएका विप्लवहलाई बलि चढाउने र रगतको खोला बगाउने काम नगर्नुहोस् ।’
उनले गुल्मीका सहिद शम्शेरबहादुर खत्रीको वलिदानीको स्मरण गर्दै भने – ‘अहिले सम्मको परिवर्तनका लागि काँग्रेसका पनि तमाम सपुतहरुले रगतको खोला बगाएका थिए । यसरी हजारौंको ठुलो बलिदानीबाट ल्याइएको लोकतन्त्र त्यति सजिलै कसैले खोस्न सक्दैन ।’
उनले ओली सरकारको भने खोइरो खनेका थिए । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, तरुण दल केन्द्रिय समितिका अध्यक्ष जितजङ्ग बस्नेत , केन्द्रिय प्रशिक्षण विभागका नेता माधव नेपाल, नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुदर्शन खनाल, महिला संघ गुल्मीकी अध्यक्ष लक्ष्मी पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रवक्ता शर्मा लगायतका नेताहरुले नेकपाबाट काँग्रेसमा प्रवेश गरेका दर्जन भन्दा बढी कार्यकर्ताहरुलाई स्वागत गरेका थिए । नेपाल तरुण दल गुल्मीका जिल्ला अध्यक्ष भरत भलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तरुण दलका क्षेत्रीय अध्यक्ष झविन्द्र अर्यालको स्वागत मन्तव्य र नेपाल विद्यार्थी संघका अध्यक्ष झविन्द्र पाण्डेको सञ्चालन रहेको थियो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’