तनहुँलाई सिप्लिगानको स्रोतकेन्द्र बनाइँदै

तनहुँलाई सिप्लिगानको स्रोतकेन्द्र बनाइँदै

sipligan

तनहुँ । लोप हुँदै गएको सिप्लिगानको बीउ उत्पादन गर्ने उद्देश्यसहित तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा सिप्लिगानको स्रोतकेन्द्र निर्माण गरिने भएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा सिप्लिगानको स्रोतकेन्द्र बनाउन लागेको हो ।

स्रोतकेन्द्र बनाउन सामुदायिक वनको नाङ्गेडाँडामा विश्व वातावरण दिवसका अवसरमा बुधवार सिप्लिगानका बिरुवा रोपण गरिएको छ । डिभिजन वन कार्यालयका प्रमुख केदार बराल, सहायक वन अधिकृत बाबुराम उप्रेती, मनोज रानाभाट, वन समूहका अध्यक्ष ईश्वरबहादुर रानाभाटलगायत उपभोक्ताले सिप्लिगानको बिरुवा रोपेका छन् ।

स्रोतकेन्द्र स्थापनाका लागि कार्यालयले चार लाख लगानी गरेको बरालले जानकारी दिए । उनका अनुसार कार्यालयको आर्थिक, प्राविधिक सहयोग र उपभोक्ताको सहभागितामा सिप्लिगानको स्रोतकेन्द्र निर्माण हुनेछ । स्रोत केन्द्र निर्माणका लागि नाङ्गेडाँडामा पाँच हजार सिप्लिगानका बिरुवा रोपण गरिनेछ ।

‘लोप हुँदै गएको सिप्लिगानको संरक्षण गर्दै बीउ उत्पादन गर्ने उद्देश्यसहित स्रोतकेन्द्र स्थापना गर्न लागेका हौं,’ प्रमुख बरालले भने, ‘मध्य पहाडी भागमा पाइने सिप्लिगानको बजारमा निकै ठूलो माग छ ।’ बरालका अनुसार सिप्लिगान औषधीय गुण भएको मध्यम आकारको रुख वर्गमा पर्ने वनस्पति हो । उनका अनुसार सिप्लिगानलाई उच्च रक्तचाप, चिनीरोग, पिसाबसम्बन्धीलगायत रोगको औषधिका रुपमा प्रयोग गर्न सकिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds