तनहुँ । महिला फुटबल खेलाडीलाई तनहुँको दमौलीमा हैरान्स क्लबद्वारा शनिबार आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।
राष्ट्रिय महिला फुटबल टिम मार्फत नगर र देशको प्रतिनिधित्व गर्न सफल भएको र आउदो दिनको लागि हौसाल प्रदानको गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा व्यास-४ की विमला विक, व्यास- १ की शर्मिला थापा र अन्जना चन्दलाई क्लवले अविर, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो ।
त्यस्तै, राष्ट्रिय धावक लक्ष्मण सापकोटालाई पनि एक कार्यक्रम बिच दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

हैरान्स क्लबमा आवद्ध खेलाडी सदस्यहरु यसरी राष्ट्रिय रुपमै खेलेर आफ्नो, क्लबको र नगरकै नाम रोसन गरेका उनीहरुलाई सम्मान गर्न पाउदा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपालेले खुसी व्यक्त गरेका थिए ।
उनले भने, ‘फुटबल खेलाडी र खेलप्रेमीको लागि भनेर रङ्गशाला निर्माण गर्न लागिएको छ, अब दमौलीमा खेलमैदान छैन भनेर निराश हुन पर्दैन ।’ उनले खेलाडीहरुको लागि नगरपालिकाबाट सक्दो साथ र सहयोग दिने बताएका छन् ।

यस्तै कार्यक्रममा उपस्थित व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोसि, व्यास नगरपालिका वडा २ का अध्यक्ष कासिराम श्रेष्ठ लगायतले यस क्लबका अन्य खेलाडीहरुले पनि राष्ट्रिय स्तरबाट खेलेर नगर र देशलाई चिनाउन सफल बनुन् भन्ने शुभकामना दिएका थिए ।
त्यस्तै, हैरान्स क्लबका अध्यक्ष रविन पौडेलले नगरपालिकाले प्राथमिकतामा राखेको पर्यटन क्षेत्रलाई खेलसँग जोडेर अगाडि बढाउन सक्ने बताएका छन् ।
‘अहिले फुटबल लगायतका अन्य खेल धेरै युवापुस्ताहरुको आकर्षण बन्न पुगेको छ, व्यास नगरपालिकामा नै समयसमयमा यस्ता खेलको प्रतियोगिता आयोजना गर्न सकियो भने छिमेकी जिल्लाका खेलप्रमिहरुलाई समेत हामीले यहाँ तान्न सक्छौं ।’ उनले भने, ‘यसले गर्दा हाम्रो व्यासमा भएको खेलको साथसाथै यहाँको धार्मिक, एतिहासिक र प्राकृतिक सुन्दरताको प्रचार प्रसार पनि हुने प्रर्वल सम्भावना रहन्छ ।’
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’