काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुन लागेको नुवाकोटको एक कार्यक्रम सोही जिल्लाका नेताहरुले बहिस्कार गर्ने भएका छन् । नुवाकोटमा आज आयोजना हुन लागेको क्षेत्रीय सम्मेलनलाई पूर्व अर्थमन्त्री डा रामशरण महत र अर्का नेता अर्जुननरसिंह केसीले बहिस्कार गर्ने भएका हुन्।
नुवाकोटका दुवै क्षेत्रले संयुक्त रुपमा क्षेत्रीय सम्मेलन गर्न लागेका हुन्। संस्थापन पक्षका नेताहरुको इच्छा अनुरुप आयोजना गरिएको कार्यक्रममा शीर्ष नेताहरुलाई अवमूल्यन गरिएकाले डा महत र केसी सहभागी नहुने बताइएको छ ।
लिखु गाउँपालिका ४ मा हुने कार्यक्रममा सभापति देउवासहित उपसभापति विजय गच्छदार र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने बताइएको छ। क्षेत्रीय सभापति अर्जुनप्रसाद न्यौपानेले कार्यकर्ता भेला र आमसभा आयोजना गरिएको बताए ।
तर, निमन्त्रणापत्रमा क्षेत्रीय सम्मेलन उल्लेख गरिएको छ। साथै, दुवै क्षेत्रको संयुक्त सम्मेलन एकै स्थानमा हुन सक्ने/नसक्ने अवस्थालाई पार्टीका धारले फरकफरक व्याख्या गरेका छन्। निमन्त्रणापत्रमा पार्टीको विधान अनुसार क्षेत्रीय सम्मेलन गर्न लागिएको उल्लेख गरिएको छ। तर, संस्थापन इतरका एक नेताले दुई क्षेत्रको संयुक्त रुपमा सम्मेलन हुनै नसक्ने दाबी गरे।
कार्यक्रमको प्रारुप तयार गरिसकेपछि अन्तिम समयमा निमन्त्रणा गरिएको जनाउँदै दुवै नेता नजाने भएका हुन्। जिल्लामा प्रचारित पोस्टरमा अतिथिका रुपमा महत र केसीको नाम उल्लेख गरिएको छैन।

सहमहामन्त्री डा प्रकाशशरण महतको अग्रसरतामा बनेको कार्यक्रमको ढाँचाले जिल्लामा गुटको राजनीति झनै बढ्ने नुवाकोटका एक जिल्ला नेताले बताए।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष