गायक प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी बिबाद झनै चर्किएको छ । लामो समयदेखि यी दुई छलफलमा रहेपनि दुइको छलफल किनारा लाग्न भने सकेको छैन । प्रकाश सपुतको पछिल्लो रिलिज गीत ‘गलबन्दी’को गीतसँग आफूले तयार पारेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले उजुरी दर्ता गरेका हुन् ।
यहीविचमा, गायक राइले अर्का गायक प्रकाश सपुत विरुद्ध मुद्दा दर्ता गरेका छन् । उनले केही दिन अगाडि मात्र प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘मैले गीतको लय मिलेको भनेर उजुरी दिएको छु । यो बौद्दिक सम्पत्तीको कुरा हो । अब, जे गर्छ कानुनले नै गर्छ ।’
उनले, प्रकाश सपुत र आफूविच कुरा भैरहेको पनि सुनाए । उनले भने–‘उहाँ र मेरो वुझाइमा एकरुपकता नआएर मात्र हो । सबै कुरा मुद्दा मात्र होइन । तर, यो अस्तित्वको लडाई हो ।’ उनले यो कुरामा सझदारी भएको नै राम्रो भनेका छन् ।
उनले भने–‘म प्रकाश सपुतलाई हार्दिक रुपमा स्वागत गर्न चाहन्छु । शैली, परिस्थिती नमिलेका कारण मैले अस्तित्व खोजेको हुँ ।’ शम्भु राइले आफू र प्रकाश सपुतविच सिस्टममा मतवेद मात्र भएको तर व्यक्तिगत रुपमा कुनै इगो नभएको पनि स्पष्ट पारे ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष