काठमाडौं । सामाजिक सञ्जालको विषयलाई लिएर नेपाल प्रहरीमा दैनिक दर्जनौं गुनासा आउँछन् । हरेक पीडितको चाहना हुन्छ, चाँडै न्याय पाइयोस् ।
तर, प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन ।
कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम सामाजिक सञ्जालबाटै सोधपुछ गर्न थालेको छ ।
प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) का प्रमुख विकास श्रेष्ठ कतिपय अवस्थामा सम्पर्कभन्दा बाहिर रहेका व्यक्तिलाई सचेत गराउन पनि यो विधि उपयोगी हुने बताउँछन् ।
प्रहरीले हालै साउदी अरबमा रहेका एक युवकलाई म्यासेन्जरमार्फत सन्देश सम्प्रेषण गरेको छ, जसले स्टाटस लेखेर ‘एजिज रेन’ नामक फेसबुक प्रोफाइललाई गाली गलौज गरेका थिए ।
‘गाली गलौज गरेको विषयमा हामीलाई जानकारी प्राप्त भएको थियो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्रेष्ठले भने, ‘उनी विदेशमा भएकाले पक्राउ गरेर ल्याउने विषयमा अफ्ठ्यारो थियो । त्यसैले सचेत गराइएको हो ।’
म्यासेजको स्क्रीनसट अनुसार पीडक व्यक्तिलाई ब्युरोको आधिकारिक फेसबुक प्रोफाइलबाट सोधिएको छ, ‘तपाईं र अजिज रेनबीच पूर्व कुनै रिसिइबी थियो कि ? यसरी पोष्ट गर्नुको प्रमुख कारण के हो ? यस सम्बन्धमा, खुलाइ लेखी पठाउनु होला ।’
उनले प्रहरीलाई प्रश्नको जवाफ पनि दिएका छन् । डीआईजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित भएको बताउँदै सचेत रहन सर्वसाधारणलाई पनि आग्रह गरे ।onlinekhaba
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’