पोखरा । नेपाल युवा परिषदको आयोजानामा पोखरामा पहिलोपटक आज (शुक्रबार) प्रदेश युवा सम्मेलन सुरु हुँदैछ । गण्डकी प्रदेशमै पहिलो पटक हुन लागेको यो सम्मेलनमा १८ देखि ३० वर्ष उमेर समूहका करिब २ सय युवाको सहभागिता रहने नेपाल युथ काउन्सिल गण्डकी प्रदेश संयोजक मोनिका रानाभाटले जानकारी दिईन् ।
शनिबारसम्म चल्ने सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवाहरुको उपस्थित रहनेछ । आयोजकका अनुसार सम्मेलनमा युवा उद्यमशिलता,जलवायु परिबर्तन, युवा र राजनीति, युवा र दिगो बिकासका लक्ष्यहरु, युथ एक्सचेन्जलगायतका विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ ।
साथै उक्त कार्यक्रममा प्रदेश नम्बर १ का करिब २ दर्जन युवा सहभागी हुने छन् । पोखरा फेवा मार्गस्थित शान्तिनगर बैंक्युटमा आज बिहान १० बजे सुरु हुने कार्यक्रममा भिजिट नेपाल २०२० लाई प्रबर्धन गर्ने गरि युवा र पर्यटन बिषयमा समेत छलफल हुने छ ।
सम्मेलनमा प्रत्येक जिल्लाबाट सहभागिता जनाउने युवाहरुले आआफ्नो जिल्लाका बारेमा सबैलाई जानकारी दिने कार्ययोजना सहितको प्रस्तुत गर्नेछन् । कार्यक्रमको पहिलो दिन आज सांस्कृतिक साझ पनि आयोजना गरिएको छ जहाँ सहभागीहरुले प्रस्तुति पनि दिनेछन् ।
सम्मेलनमा सामाजिक विकास मन्त्रालय,उद्योग वन तथा वातावरण मन्त्रालय लगायत अन्य संघ संस्थाको समेत सहकार्य रहेको छ । हाल सम्म ५२ वटा जिल्ला र सातै वटा प्रदेशमा आफ्नो सक्रिय उपस्थिति देखाइसकेको यो संस्थाले युवाहरुमा नेतृत्वदायी भूमिका बिकास गर्दै सामाजिक परिबर्तनमा युवा अग्रसरतालाई जोड दिंदै आएको छ ।
नेपालको कुल जनसख्याको ४० प्रतिशत हिंसा ओगटेको युवा जमातले नेतृत्वदायि भुमिकामा आउन आवश्यक देखिन्छ, तब मात्र केहि परिवर्तन आउन सक्छ ।
युवा परिवर्तको सम्वाहक हो भन्ने नाराका साथ काम गदै आईरहेको नेपाल युवा परिषदले यस बर्ष नेपालका ७ ओटै प्रदेशमा प्रदेश युवा सम्मेलन गर्ने जर्मर्को गरिरहेको प्रदेश संयोजक रानाभाटले जानकारी दिइन ।
यो भन्दा पहिला गएको वर्ष गण्डकी प्रदेशमा युएनडिपि नेपालको सहकार्यमा एसडिजि फेस्टिभल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ति गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न नेपाल युवा परिषदले कार्य गदै आईरहेको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन