कर्णाली प्रदेशले आर्थिक बर्ष २०७६/०७७ का पारीत गरेको बजेटले मन्त्रीहरुका गृह जिल्लालाई मात्रै प्राथमिकतामा राखेको बताउँदै सत्तारुण दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) प्रदेश सभा सदस्य कौशिलावती खत्रीले बिकासे बजेटमा राजनिती नगर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहिबार प्रदेश सभालाई सम्बोधन गर्दै सांसद खत्रीले प्रदेशको बजेटले मन्त्रीको गृह जिल्लालाई भन्दा जनताका आबश्यकतालाई प्राथमिकतामा राख्नु पर्ने तर्क गरेकी हुन् ।
‘प्रदेश सरकारको बजेटलाई नियालेर हेर्ने हो भने मन्त्रीको गृह जिल्लामा बढि बजेट अनि मन्त्री नभएको जिल्लामा कम बजेट भएको देखिन्छ’ सांसद खत्रीले प्रश्न गर्दै भनिन्, ‘अन्य जिल्लामा मन्त्री भएकाले बजेट कम अनि जाजरकोटमा मन्त्री नभएकाले कम बजेट भएको हो ? सरकारले मन्त्रीको गृह जिल्ला भन्दा कर्णालीका जनताको आबश्यकतालाई प्राथमिकतामा राख्नु पर्छ कि पर्दैन ? यदी सरकारले पहुँचका आधारमा बजेट बिनियोजन गरेको हो भने म ध्यानाकर्षण गराउन चाहान्छु । त्यो कुरा कर्णालीका जनतालाई स्वीकार्य हुने छैन ।’
कुनै पनि ठाउँको बिकासका लागि आयस्रोत बलियो हुनुपर्ने बताउँदै सांसद खत्रीले कर्णालीलाई पर्यटन क्षेत्रबाट आर्थिक सम्बृद्धि बनाउन सकिने तर्क गरीन् । ‘कुनै पनि ठाउँको बिकासका लागि उचित लगानी चाहिन्छ । लगानी गर्नका लागि आयस्रोत हुनुपर्छ’ उनले भनिन्, ‘कर्णाली पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ हो । तसर्थ कर्णालीलाई आर्थिक रुपमा पनि सम्बृद्ध प्रदेश बनाउनका लागि पर्यटन प्रबर्धनमा जोड दिनुपर्छ । पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण