नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डौमा आयोजना गरेको १६ औं संस्करणको बजाज पल्सर स्पोर्टस् अवार्ड २०७५ मा प्याराग्लाइडिङका युकेश गुरुङ वर्ष उत्कृष्ट खेलाडी बनेका छन् ।
पोखराका १८ वर्षिय युवा खेलाडी यूकेश हालैमात्र सम्पन्न पोखरा स्पोर्टस् अवार्डमा पनि उत्कृष्ट खेलाडी बन्दै मोटरसाइकल जितेका थिए । १८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रि तर्फ महत्वपूर्ण रजत पदक जित्दा युकेश टिमका सदस्य थिए । उनले रजत पदक जिताउन सर्वाधिक अंक बटुलेका थिए । एशियाडमा एक मात्र पदक प्याराग्लाइडिङले जितेको थियो ।
यूकेशले नेपालका चर्चित खेलाडीहरुलाई पछि पार्दै उक्त अर्वाड संगै बजाज पल्सर बाइक हात पारेका छन् । उनको प्रतिष्पर्धामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रबहादुर राई, जुडोका इन्द्र बहादुर श्रेष्ठ रहेका थिए ।
मंगलबार सम्पन्न स्पोर्टस अर्वाडमा प्याराग्लाईडिङका प्रशिक्षक योगेश भट्टराईले उत्कृष्ट प्रशिक्षकको अर्वाड हात पार्दा नेपाली प्याराग्लाइडिङ टिमले खेल मार्फत नेपालको प्रतिष्ठालाई माथी उठाउन खेलेको भूमिका र एशियाली खेलमा महत्वपूर्ण रजत पदक जिताउन सफल रहेको भन्दै टिमलाई सम्मान गरिएको छ ।

यसैगरी, महिला वर्ष उत्कृष्ट खेलाडीको अर्वार्ड महिला फुटबलकी साबित्री भण्डारीले जित्न सफल भएकी छन् । उनले देश विदेशमा उत्कृष्ट प्रदशृनका साथ आफूलाई अब्बल सावित गरिसकेकी छिन् । यसैगरी, वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड अजित कुमार यादवले हात पार्दा पिपुल्स च्वाइसको अर्वाड भलिबलकी रेश्मा भण्डारीले हात पारेकी छन् ।
तस्विर: सुदर्शन रञ्जित
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’