गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरामा रियल जुसमा लेदो भेटिएको छ । पृथ्वी चोकमा रहेको बाबा जुसमा विनोद खड्का लगायतले जुस पिउन खोज्दा जुसमा लेदो फेला पारेका हुन् । ‘मैले जुस पिउँदा स्ट्रबाट कालो पदार्थ मुखमा आयो खोलेर हेर्दा भित्र लेदो देखियो’ खड्काले भने ।
एक लिटरको रियल जुसमा कालो देखिने लेदो भेटिएको हो । आफुलाइ निकै गर्मी भएपछी जुस मगाएको र खादा रियल जुसबाट निकै गन्ध आएको बताए । ‘हामीले मिति हेरेर दिएका थियौ, तर जुस अखाद्य रहेछ,’ बाबा जुसका संचालक सन्तोष जसवालले बताए ।
बहुराष्ट्रिय कम्पनी डाबर नेपालद्वारा उत्पादित रियल जुस फेरि विवादित बनेको हो । जयसवालका अनुसार पोखराका डिलरलाइ खबर गर्दा जुसको बट्टामा प्वाल परेको भन्दै फर्किएका छन् । आम जनताको स्वास्थयमाथि खेलबाड गर्ने कम्पनीलाई कार्वाही गर्नुपर्ने उनीहरुको भनाई छ ।
अत्याधिक गर्मीको कारण पोखरामा पछिल्लो समय जुसको व्यापार बढ्दो छ । स्वास्थ्यको लागि समेत निकै फाइदाजनक मानिने जुसमा पटक पटक अखाद्य बस्तु भेटिँदा समेत कार्वाही हुन सकेको छैन । उच्च गुणस्तरको पेय पद्धार्थ भन्दै बिक्री हुने जुसमा अखाद्य वस्तु फेला परेको विषयमा राज्यले कस्तो छानविन र कारवाही गर्छ, त्यो भने हेर्न बाँकी छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु