गण्डकी प्रदेश सभा सदस्यहरुको कोटमा सुनचाँदीको लोगो झुण्डिने भएको छ । प्लाष्टिले बनेको लोगो वर्ष दिनमै खुइलिन थालेको भन्दै कार्यव्यवस्था परामर्श समितिले टिकाउ र आकर्षक देखिने सुन जडित चाँदीको लोगो बनाउने निर्णय गरेको छ ।
नयाँ लोगो नेपालमा निर्माण नहुने भएकाले चीनको सांघाई प्रान्तमा बनाएर ल्याइनेछ । अहिले प्रयोग भइरहेको लोगो २ सय भन्दा कम मूल्यमा तयार पारिएको हो । यही प्लाष्टिको लोगो प्रदेशका मुख्मयन्त्रीदेखि मन्त्री र प्रदेशसभा सदस्यहरुले प्रयोग गर्दै आएका छन् ।
अब भने नयाँ एउटैको ६ हजार ५ सय रुपैयाँ पर्ने जनाइएको छ । जुन पहिले भन्दा झण्डै ३३ गुणा महंगो हो । अहिलेको लोगोमा रहेको दुवैतर्फको धानको बालामा सुनको लेपन हुनेछ। गत जेठ २० गते तेस्रोपटक संशोधन गरिएको प्रदेशसभा नियवमालीमा नयाँ अनूसूची थपेर सुन चाँदी जडित लोगो ल्याउन लागिएको हो। प्रदेशसभा सचिवालयले आर्थिक मामिला तथा योजना मन्त्रालयमा यससम्बन्धि प्रस्ताव पठाएको जनाएको छ ।
सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित ‘लोगो तथा पोशाक सिफारिस समिति’ ले गतवर्ष भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु