पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर गर्न सरकारलाई सुझाएका छन् ।
केन्द्रमा पनि मन्त्रीमण्डल फेरबदल गर्ने हल्लाखल्ला भएको भन्दै उनले भने –
‘प्रदेश सरकारको प्रमुख माननीय मुख्यमन्त्री ज्यू हुनुहुन्छ । वहाँ केन्द्रमा पनि मन्त्रालयको जिम्मा कुशलतापुर्वक निर्वाह गरिसक्नु भएको खारिएको ब्यक्तित्व हुनुहुन्छ। वहाँको नेतृत्वमा सरकार छ । माननीय मुख्यमन्त्री ज्यूको चाहना, निर्देशनमा सरकार तथा मन्त्री ज्यूहरु चल्नुपर्छ । फेरि फरक फरक पार्टीको मन्त्रालयमा मन्त्रीहरु पनि हुनुहुन्न । किन निर्देशनको अवज्ञा हुन्छ ? अनादर हुन्छ र ? नेपालको अहिले केन्द्र सरकारमा मन्त्रीमण्डल हेरफेर तथा पूनर्गठनको हावाहुरी ब्यापक रुपमा चलेको छ । मिडियामा दह्रोसँग यसको हल्लाखल्ला नै मचिएको छ । अव हामी पनि हाम्रो गण्डकी प्रदेशमा पनि मन्त्रीमण्डल हेरफेरको अभ्यासको थालनी गर्ने हो कि ?’
बैठकमा थापाले आगामि आर्थिक वर्ष २०७६ ०७७ को बजेटमा सरकारले राजनीतिक रुपमै विभेद गरेको पनि आरोप लगाए । उनले भने, ‘मन्त्रालयमा जाँदाखेरी मन्त्रीज्यूले भनेका कुराहरु स्मरण गर्दा र रातो किताबका योजना हेर्दा प्रतिपक्षका सांसदहरुलाई गुमराहमा पारेको, सुनियोजित रुपमा छलकपटमा पारेको महशुस हुन्छ, ५० लाख र १ करोडसम्मका सडक तथा पुलका योजना ल्याउँदै नल्याउनुहोस् भन्नुभयो तर किताबमा १५, २०, २५ लाखसम्मका मन्दिर, सामाजिक भवन र प्रशस्त सडक तथा पुलहरु पनि नयाँ योजना मन्त्रालयबाट प्रशस्त आएको देखियो ।’
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’