केशब पाठक । पोखरा रंगशाला फुटबल स्टेडियम असार मसान्त भित्र नबन्ने भएको छ । ‘डिजाइन इन विल्ड’ मा नेपालमा पहिलो पटक निर्माण हुन लागेको पोखरा रंगशाला चार महिना ढिलो गरी सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदले आंकलन गरेको हो । पोखराको फुटबल स्टेडियम निर्माण जति ढिलो भइरहेको छ त्यती पोखरेलीहरु बीचपनि चासो बढ्दै गएको छ ।
करिब पाँच महिना अघि नेपाल र भारतको जोइन्ट भेन्चर कम्पनी ग्रेट स्पोर्टस र जावलाखेल स्थित एमए कन्स्ट्रक्सन कम्पनीलाई युवा तथा खेलकुद मन्त्रालयले १ अर्ब २८ करोडमा ठेक्का दिंदै तोकिएको मिति असार मसान्तमा सक्ने भनिएको थियो । यहि वर्ष २०७६ मंसिर १५ गते बाट नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद ९साग० सुरु हुँदैछ । पोखराको रंगशालामा महिला साग फुटबल गर्ने तयारी बमोजिम निर्माण थालिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयका मन्त्री जगत बहादुर विश्वकर्मा ९सुनार० ले रंगशालाको शिलान्यास कार्यक्रममा भनेका थिए – ‘काम समयमा सम्पन्न होस्, पछि कोहिकसैसंग पनि रातो मुख लगाउन नपरोस् ।’ तर अब मन्त्री विश्वकर्माको भनाई समेत यति बेला समस्यामा परेको छ । रंगशाला निर्माण कम्पनीका प्रतिनिधिले पनि रंगशालाको मध्यभागमा भएको कार्यक्रममा प्रतिवद्धता जनाउँदै असार मसान्तमा पछि त खेलाडीले खेल्ने अनि दर्शकले मज्जाले रंगशालामा बसेर फुटबल हेर्ने गरी काम सक्ने जनाएको थियो । तर, सबै प्रतिवद्धताहरु केबल भाषणका लागि मात्रै जस्तो भएका छन ।
‘नेपालको काम कहिले जाला घाम’ जस्तै गरी पोखरा रंगशालाको काम भने यति बेला कछुवाको गतिमा काम अघि बढिरहँदा राष्ट्रिय खेलकुद परिषद पूर्वाधार निर्माण तथा मर्मत शाखाका ईन्जिनियर अरुण उपाध्यायले काम धेरै अघि बढेको बताए । ‘अहिले रंगशालामा लाग्ने सबै सामाग्रीहरु फ्रान्समा निर्माण सुरु भइसकेको छ’ उनले भने–‘प्राविधिक कारणले गर्दा अब चार महिना ढिलो सकिने भयो ।’ उनले परिषद्को तर्फबाट गरिने सबै कामहरु भईसकेको बताए ।
https://www.facebook.com/goalnepalofficial/videos/464338314127877/
अहिले ‘फिल्ड’को काम भइरहेको र स्टाण्डका लागि खाल्टो खन्ने काम शुरु गरिने इन्जिनियर उपाध्यायले बताए । ‘स्टेडियमको साइज र तयार भएको सामाग्री अनुसार खाल्टो खन्ने काम सुरु हुन्छ’ इन्जिनियर उपाध्यायले भने । ट्रयाकका लागि अवश्यक सामाग्री समेत जर्मनी बाट तयार भएर शिपमेन्ट भइसकेको उनले बताएका छन् । रंगशालामा ट्रयाक एण्ड फिल्डका लागि सिन्थेटिक ट्रयाकको प्रयोग गरिनेछ भने मैदान घाँस पनि फिफाको नियमनुसार प्राकितिक नै रहने जनाइएको छ । १६ हजार ५ सय दर्शक क्षमता रंगशालाको फुटबल प्यारापिट सहित अन्य पूर्वाधारका लागि करिब १ अर्व ७५ करोड खर्च गर्ने भनिएको छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’