गण्डकी प्रदेशका सबै प्रदेशसभा सदस्यहरुले आगामी आर्थिक वर्षदेखि स्वकीय सचिव (पिए) राख्न पाउने भएका छन् । सरकारले बजेटमै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको छ । अव उनीहरुले नायव सुब्बा स्तरमा स्वकिय सचिव राख्न पाउनेछन् ।
अव मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्ने जनाइएको छ । त्यसपछि सुविधासम्बन्धी ऐन संशोधन गरी त्यसपछि सचिव राख्ने बाटो खुल्छ ।’ यस अघि सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्ष दलका नेताहरूले स्वकीय सचिव नियुक्त गरिसकेका छन् । सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधाको लागि छुट्टै ऐन बनाएको छ । प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरुलाई अरु सुविधा दिईएपनि स्वकीय सचिव राख्ने सुविधा दिईएको छैन । सभापति र सचेतकलाई पनि सांसदकै सुविधाअनुसार नासु स्तरको स्वकीय सचिवको सुविधा दिन लागिएको हो । प्रदेशका सांसदमध्ये ४९ जनालाई यो सुविधा हुने छ । बाँकीले यसअघि नै लिईसकेका छन् ।
नयाँ आर्थिक वर्षपछि गण्डकीका ४९ जना सांसदले स्वकीय सचिव राख्नेछन। अरुले भने यस अघि नै स्वकीय सचिव राखेका छन्। हाल प्रदेशसभामा नेकपाका ४०, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २, तत्कालिन नयाँ शक्ति २ जना सांसद छन्। राजमोका एक जनाको निधन भइसकेको छ । उपनिर्वाचनबाट सो स्थान पूर्ति हुनेछ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु