पोखरा । यहाँको प्रमुख पर्यटकीय गन्तव्य महेन्द्रगुफा तथा चमेरे गुफालाई थप आकर्षित र व्यवस्थित बनाइने लक्ष्य अनुरुप तयार पारिएको मास्टर प्लान सार्वजनिक गरिएको छ ।
यी दुई गुफाहरु स्थानीय विन्ध्यवासिनी मा.वि. को स्वामित्व तथा संरक्षकत्वमा संचालित छन् । यस गुफालाई अझै पर्यटकीय आकर्षणको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले वृहत गुरुयोजना निर्माण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाका अनुसार गुरुयोजना कार्यान्वयन स्वरुप प्रारम्भिक समयमा ५० लाख रुपैयाँ विभिन्न योजनामा खर्च गरिनेछ । गुरुयोजनामा पर्यटक आकर्षण बढाउन भौतिक निर्माणदेखि आन्तरिक तथा बाह्य व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
गुरुयोजनामा उल्लेख भएका कार्य सम्पन्न गर्न करिब २२ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको र गुरुयोजना अनुसार नै कार्य थालनी गरिने विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले बताएका छन् । गुफाको आम्दानीबाट गर्न सकिने कार्य तत्काल शुरु गरिने र ठूला योजनाका लागि प्रदेश तथा केन्द्रिय सरकारसँग पहल गरिने आचार्यले जानकारी गराए । सोही अवसरमा गुरुयोजनाको परार्मशदाता माछापुच्छ«े कन्सल्टेन्सीका प्रबन्धक बाबुराम बराललाई गुरुयोजना निर्माण सहयोग पु¥याएकोमा कदर–पत्रद्धारा सम्मान गरिएको थियो
गण्डकी प्रदेशका सांसद कृष्ण थापाले गुफाहरु पोखराका गौरब भएकाले यसको व्यवस्थित विकास गर्न आवश्यक रहेको बताउँदै विकासका नाममा विभेद गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । अर्का सांसद विन्दुकुमार थापाले महेन्द्र गुफाका लागि पोखरा आउनु पर्ने खालको वातावरण बनाउनु पर्नेमा जोड दिए ।
अर्का सांसद पुष्पा के.सी. भण्डारीले पर्यटकको संख्या बढाउनका लागि भएपनि गुफा क्षेत्रको व्यवस्थित विकास हुनु पर्नेमा जोड दिईन् । पोखरा महानगर पालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले महेन्द्र र चमेरे गुफाले यस क्षेत्रको शैक्षिक र भौतिक विकासमा ठूलो योगदान दिएकाले पनि यसको व्यवस्थित विकासमा स्थानीय सरकारले चाँसो दिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा गुरु योजना निर्माण उप–समितिका संयोजक ई. झपटबहादुर थापा, परामर्शदाता माछापुच्छ«े कन्सल्टेन्सीका प्रबन्धक बाबुराम बराल, अग्रज पत्रकार नारायण कार्की, कृष्णप्रसाद बास्तोला, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ बञ्जरा लगायतले गुफा क्षेत्रको पूर्वाधार विकास तथा व्यवस्थापनका लागि गुरुयोजना महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा सहभागिहरुले गुरुयोजनामा समेटिएका कार्यहरुलाई प्राथमिकता दिएर कार्यान्वयन गर्न सुझाब दिएका थिए ।
।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु