पोखरा । पृथ्वी राजमार्ग बनाउने बेलामै पोखरा छिर्न बिजयपुर खोलामा पक्की पुल बनाईएको थियो । २०३८ सालको जनैपूर्णीमाको दिन पोखरामा ठूलो बर्षा भयो । काहुँखोलादेखिको पानी भरिएर बाढी आएपछि पुल सर्लक्कै बगायो । त्यसपछि बेलिव्रिज पुल बनाईयो । यसले लामो समय साथ दियो । २०६५ सालमा पुलले काम गर्न छोडेपछि नयाँ पुल बनाईयो । तर यो पुल गुणस्तरीय नभएपछि १० बर्ष नबित्दै कमजोर भैसकेको छ । अहिले पुल जीर्ण भएपछि नयाँ बेलिब्रिज राख्न धमाधम काम भैरहेको छ ।
असारभित्रै बेलिब्रिज तयार गर्ने बताईएपनि हालसम्म आधाआधी काम पनि सकिएको छैन । भदौभन्दा अघि पुल पूरा नहुने बताईएको छ । पोखरा भित्रिने पृथ्वी राजमार्गको एकमात्रै विकल्प बिजयपुर खोलाको यो पुल जोखिममा भएपछि ठूला गाडीलाई डाईभर्सन गरिएको थियो । त्यही डाईभर्सन पनि आईतबार रातीको बाढीले बगाएको छ । खोलामा राखिएको ह्युम पाईप सहितको डाईभर्सन बगाएको हो । डाईभर्सन बगाएपछि १० टनभन्दा बढी भार भएका गाडीको आवागमन नै बन्द भएको छ । विजयपुर पुल जीर्ण हुँदा १० टन भन्दा बढी भार भएका गाडीलाई त्यही डाईभर्सनबाट आवतजावत गर्ने ब्यवस्था मिलाईएको थियो । प्रदेश सरकारको सक्रियतामा गएको फागुन अन्तिम साता डाईभर्सन बनाईएको हो ।
बाढीले गर्दा चर्किएर जोखिममा परेको पक्की पुलमा राखिएको फलामको सपोर्ट समेत बगाएको छ । जसका कारण पुलबाट गाडी आउजाउ गर्न समस्या भएको छ । गत माघ महिनामा नियमित मर्मत गर्न लाग्दा पुल चर्केको पत्ता लागेको हो । त्यसपछि नयाँ बेलिब्रिज निर्माणको काम धमाधम थालिएको हो । पुल चर्केको थाहा पाएपछि मालबहाक ठूला गाडीलाई डाईभर्सन गर्न खोलामाथी ह्युम पाईप राखिएको हो । हलुका गाडी चाहीँ अहिलेपनि पुलबाटै वारपार गरिएको छ ।
प्रदेश सरकारले डाईभर्सनको काम पुनः सुरु गरेको छ । मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री सहितको टोलीले पुलको निरीक्षण गरेका छन् भने डाईभर्सन बनाउन निर्देशन दिएका छन् । ‘संघ सरकारले हो राजमार्ग हेर्नुपर्ने । तर बाटो बगाएर गाडी रोकिए । संघ सरकार चुईंक्क बोलेन,’ भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, प्रदेश सरकारले हेरेर बस्न पनि सक्दैन । जनताको तत्कालको समस्या समाधान हामी गर्छौं । जतिसक्दो छिटो डाईभर्सन खुलाउँछौं ।’ २ करोड ५ लाखको लागतमा सोही खोलामा सडक डिभिजन कार्यालय पोखराले बेलिब्रिज निर्माण गर्न ठेक्का दिएको हो । – डिएनएनेपालबाट ।
तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’