विद्यार्थीहरुले फेरि पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तालाबन्दी गरिदिएका छन् । उनीहरुको माग छ – ‘परीक्षा छुटेका विद्यार्थीलाई मौका परीक्षा सञ्चालन गर्नुपर्ने ।’ यही माग गर्दै उनीहरुले गत शुक्रबारदेखि क्याम्पसका प्रशासन, लेखा लगायत शाखामा तालाबन्दी गरेका छन् । आफ्ना माग पूरा नभए कडा आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।
पब्लिक हेल्थको स्नातक तह (बिपिएच) पहिलो सेमेस्टरका केही विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो । ती झन्डै १ सय ६० विद्यार्थी र छुट भएका तेस्रो सेमेस्टरका विद्यार्थीलाई नियमित सरह नै परीक्षा दिन मौका चाहिने माग विद्यार्थीले गरेका छन् । विद्यार्थीको तालाबन्दीका कारण गत शुक्रबारदेखि केन्द्रीय क्याम्पसमा पठनपाठनबाहेक काम ठप्प छ ।
स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने विधि मिचिएको भन्दै आन्दोलन भइरहँदा वैशाखको परीक्षामा बिपिएचका विद्यार्थी छुटेका थिए । छुटेका विद्यार्थीलाई मौका दिन मिल्ने नमिल्नेबारे छानबिन गर्न रजिस्ट्रार गोविन्द शर्माले बनाएको समितिले प्रतिवेदनसमेत दिइसकेको छ । समाधान दैनिकमा खबर छ ।
१२ कक्षा उत्तीर्ण हुँदा ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीलाई भर्ना गरेका कलेजमाथि कारबाही माग गर्दै गत वैशाखमा विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा थिए । आन्दोलनकै बीचमा प्रहरीसमेत परिचालित गरी विश्वविद्यालयले परीक्षा चलाएका थियो । केही विद्यार्थी आन्दोलनकै क्रममा बेहोस भएपछि अरुले परीक्षा दिन नपाएको विद्यार्थीहरुको गुनासो छ ।
विश्वविद्यालयको मापदण्ड विपरीत भर्ना गराएका क्याम्पसलाई कारबाही दायरामा ल्याउनुको साटो थप बल र्पुयाउने काम भएको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ लगायत विद्यार्थी संगठन आन्दोलनमा उत्रेका थिए ।
http://gandaknews.com/pokhara-university-student/
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु