गण्डकी प्रदेशले दुई स्थानमा विषादी अवशेष परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ। भूमि व्यवस्था सहकारी तथा कृषि मन्त्रालयले प्रदेश ५ र गण्डकी प्रदेशको दुई संगमस्थल आँवुखैरेनी र राम्दीमा साउनको पहिलो हप्तादेखि नै सञ्चालनमा ल्याउने गरी प्रयोगाशाला निर्माणको तयारी भइरहेको जनाएको छ।
मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी का अनुसार पूर्वाधार निर्माण र उपकरण खरिद प्रक्रियाको काम सकिएको छ। संघको अनुमतिमा अन्य प्रदेशमा भारतीय नाकाबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न सकिने गरी योजना बनाइएको सचिव दवाडीले बताए। प्रदेश सरकारले प्राविधिकलाई मंगलबारदेखि विषादी परीक्षणसम्बन्धी तालिमको सुरुवातसमेत गरिएको उनले बताए।
बाली संरक्षण निर्देशनालयले पोखराको शान्तिवनस्थित तरकारी उपज संकलन केन्द्रमा सञ्चालनमा ल्याएको तरकारी तथा फलफूलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला आफै बिरामी परेको छ । प्रयोगशाला कुन सरकार मातहत रहने अहिलेसम्म टुंगो छैन भने कर्मचारीकोसमेत अन्योल छ । शान्तिवनस्थित कृषि उपज संकलन केन्द्रको कार्यालयभित्र एउटा कोठामा प्रयोगशाला छ ।
अहिलेसम्म प्रयोगशाला संघ सरकार मातहत नै छ । तर, संघले प्राविधिक नै नखटाउँदा प्रदेश मातहतको बाली प्रयोगशालाले १ शाखा अधिकृत र १ कार्यालय सहयोगी खटाएर धान्ने काममात्रै गरेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु