पोखरा । पोखरा २५ हेमजास्थित सेती नदी किनार बाबियातरामा ‘मानवसेवा धाम’ निर्माण शुरु गरिएको छ । आश्रमले गत जेठदेखि लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलव्ध गराएको ६३ रोपनी जग्गामा मानव सेवा धामको काम शुरु गरेको हो । ६ वर्षभित्र पुरा गर्ने योजना छ । शुरु गर्न गण्डकी प्रदेश सरकारले २४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । योजना पुरा गर्न एक अर्ब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ३ सय राख्ने क्षमताको आश्रम बन्नेछ ।
मानव सेवा आश्रमले अहिले तीन वटा प्रोजेक्ट अगाडि बढाएको छ । पहिलो प्रोजेक्ट आश्रम (आश्रयस्थल) बनाइने मानवसेवा आश्रम गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले बताए ।६ वटा भवन निर्माण गरिने छ । मानवसेवा धाम नजिकै लक्ष्मी नारायणको मन्दिर निर्माण गरिने छ । तालिम केन्द्रमा २५० जना अटाउने हल निर्माण गरिने छ ।
आश्रममा परिवार नभएका, आफन्त पनि नभएका नितान्त एक्ला व्यक्ति विशेषलाई राखिने छ । सडकमा आईसकेका र आईसक्ने अवस्थाका आफन्त नभएका परिवारै नभएका बृद्धबृद्धालाई उद्दार गरेर तालिम केन्द्रमा राखेर अध्यामिक ज्ञान दिईने छ । आश्रमले पोखरामा अध्यात्मिक कक्ष निर्माण गर्ने योजना बनाएको छ ।
अध्यात्मिक कक्ष विशिष्ट व्यक्तिहरु समेत गएर परिवारैसँगै केही दिनको लागि बस्ने, योग, ध्यान लगायतका गतिविधि गर्नमिल्ने बनाईने छ । किनमेल गर्नको लागि पसल, पूजा सामाग्री, अध्ययनको लागि पुस्तकालय र म्युजियम निर्माण गरिने उनको भनाई थियो ।
प्रदेश सरकारले पनि आर्थिक वर्ष २०७६/७७ को लागि एक करोड भन्दा बढी उपलब्ध गराउने प्रतिबद्धता गरेको उनले जानकारी दिए । पोखरा–१७ छोरेपाटनमै मानवसेवा आश्रम रहेको छ । जहाँ होरात्र खुल्ला आकाशमुनी दिनरात कटाईरहेको समाजका असहाय एवम् मनोरोगीलाई आश्रय दिईरहेको छ । २०७४ साल चैत १७ पोखरा बजारका विभिन्न स्थानबाट एकैदिन उद्धार गरिएका २३ जनाबाट शुरु गरिएको आश्रममा हाल दुई महिने शिशु सहित ९१ बर्षका जोष्ठ नागरिक लगायत कूल ९० जनाले आश्रय लिईरहेका छन् ।
“सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना” भन्ने मुख्य नारा सहित मकवानपुरमा मुख्य कार्यालय रहेको संस्थाका मोरङ, काठमाडौ, चितवन, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की, रुपन्देही र धनगढी, सुर्खेत, लगायतका १२ वटा जिल्लामा शाखा तीन वटा उपशाखा छन् । मानवसेवा आश्रमको केन्द्रीय कार्यालय स्थापना भएको २०६९ सालमा हो । संस्थाले आठ हजार भन्दा बढी सडक मानव एवम् मनोरोगीको उद्धार गरिसकेको छ ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’