१६ वर्षीय जुम्ल्याहा दाजुभाईले बनाए भाषा बुझेर नेपालीमै जवाफ दिने रोबोट (८ भिडियो सहित)

१६ वर्षीय जुम्ल्याहा दाजुभाईले बनाए भाषा बुझेर नेपालीमै जवाफ दिने रोबोट (८ भिडियो सहित)

twins

बुटवलका दुई जुम्ल्याहा दाजुभाईले नेपाली भाषा बुझ्ने रोबोट बनाएका छन् । एक वर्ष अघि गो–गो रोबोट बनाएका १६ वर्षीय जुम्ल्याहा दाजुभाईले नेपाललाई रोबोटको देश भनेर चिनाउने गरी रोबोटलाई अझै बढि अपडेट गर्दै लैजाने योजना बनाएका छन् । उनीहरुले अहिले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउने रोबोट बनाएका हुन् । बुटवल योगिकुटी बस्दै आएका जुम्ल्याहा दाजुभाई लवकुश पन्थीले बनाएको यो रोबोटलाई ‘लवकुश मार्स रोबोट’ नाम दिइएको छ । मार्स भन्नाले मंगल ग्रहमा हिड्ने रोबोट भनेर बुझिन्छ ।

मंगल ग्रहमा हिड्ने रोबोटबाटै प्रभावित भएका जुम्ल्याहा दाजुभाई लवकुशले नेपालमै पहिलो पटक नेपाली भाषा बुझ्ने रोबोट बनाएका हुन् । यो रोबोटले नेपाली भाषा बुझेर नेपालीमै जस्तो पनि जवाफ दिन सक्छ । बुटबलको नविन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयबाट एसईई दिएका उनीहरुले एसईई पछिको समयलाई सदुपयोग गर्दै यो रोबोट बनाएका हुन् । यसअघि उनीहरुले बनाएको गो–गो रोबोटले अंग्रेजी भाषा बोल्ने गर्दथ्यो भने यो रोबोट नेपाली भाषामा बोल्ने मात्र हैन मान्छे समेत चिन्ने गर्दछ ।

नेपाली भाषामा बोल्ने रोबोटले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंगहरु पत्ता लगाउने, शब्दहरु उच्चारण गर्न समेत गर्दछ । त्यति मात्र हैन यो रोवर्ट गुड्न पनि सक्दछ ।यो रोबोटलाई जुम्ल्याहा दाजुभाई लवकुश पन्थीले भर्खर मात्र उद्योग विभागमा दर्ता गराएका छन् । नेपाली भाषा बुझेर नेपालीमै बोल्न सक्ने पहिलो रोबोट भन्दै उनीहरुले उद्योग विभागमा प्याटन दर्ता गरेका हुन ।‘यो प्याटन गर्दा गरेपछि कसैले पनि नेपालकै पहिलो नेपाली बुझ्ने रोबोट भनेर दावा गर्न पाउँदैन् यदि दावा गर्ने कोही भए विभागले हाम्रो रोबोटलाई अवलोकन गर्छ,’ लवले भने ।

कक्षा २ मा पढ्दै गर्दा रोबोट बनाउने सपना देखेका उनीहरुले १ वर्ष अघि मात्र गो–गो रोबोट बनाएका थिए । दुई वर्षको मेहनतमा गो–गो रोवर्ट बनाएका उनीहरुले सबैको सल्लाह सुझाव अनुसार नै रोबोटलाई परिमार्जन गरेको रोबोटका अर्का युवा वैज्ञानिक कुश पन्थीले बताए ।

https://youtu.be/_9oSi7QqBrw

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ