बैंकले पोखराको पार्दी विरौटामा रहेको होटल पोखरा ग्राण्डीसँग बैंकका सम्पूर्ण ग्राहकलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन् ।
यसैगरी, एनआइसी एशिया बैंक र पोखराका लेकसाइडस्थित हल्लनचौकस्थित टीका रिसोर्टबीच बैंकका ग्राहकवर्गलाई टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरे । यसबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक यो बैंकको देशभर २९२ शाखा, ३०२ एटीएम, ५१ एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ इकाईको वृहत सञ्जाल रहेको छ । हाल बैंकका ग्राहकको संख्या १७ लाखको हाराहारीमा रहेको छ।
‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ एनआईसी एशियालाई
पाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान)ले यो वर्षको छनौट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए) अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको छ ।

मंगलबार आइक्यानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले अवार्ड प्रदान गरेका हुन् । बाणिज्य बैंकतर्फको उक्त अवार्ड एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले ग्रहण गरेका हुन् ।
एनआइसी एशियाको ब्यालेन्स फण्डले १८७% रिटर्न दिने
‘एनआइसी एशिया ब्यालेन्स फण्ड’को १ अर्ब २५ करोड रुपैयाँ बराबरको इकाई आज साउन ८ देखि निश्कासन हुँदैछ । एनआइसी एशिया बैंक लिमीटेडको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा संचालनमा प्रति इकाई १० रुपैयाँको दरले १२ करोड ५० लाख इकाई बिक्रीमा आउन लागेको हो ।
दोश्रो बजार उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएर संचालनमा रहेका अधिकांश म्युचुअल फण्डहरुको न्याभ प्रति इकाई मूल्य(रु १०) भन्दा तल झरिरहेको अवस्थामा एनआइसी एशियाले १० वर्षे अवधिको बन्दमुखी र केही फरक प्रकृतिको ‘ब्यालेन्स फण्ड’का इकाई निश्कासन गर्न लागेको हो ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ