हेटौंडामा अर्को दुर्घटनाः कारसँग ठोक्किएर कार्कीको मृत्यु

हेटौंडामा अर्को दुर्घटनाः कारसँग ठोक्किएर कार्कीको मृत्यु

sujan

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ शितलमहलचोकका सुजन कार्कीको दुर्घटनामा ज्यान गएको छ । भीमफेदी गाउँपालिकाको त्रिखण्डी मन्दिर नजिक कार्की सवार मोटरसाइकल कारसँग ठक्कर खाँदा घाईते उनको उपचारकै क्रममा ज्यान गएको हो । कार्की हेटौंडा स्कुल अफ म्यानेजमेन्टको कक्षा १२ मा अध्ययनरत थिए ।

भैंसेबाट हेटौंडातर्फ गईरहेका कार्की यातायात व्यवस्था कार्यालयको सरकारी कारसँग ठक्कर खाएर गम्भिर घाइते भएका थिए । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

मोटरसाइकलमा रहेका अर्का युवकको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । हिजो मात्रै भारतीय लरीका कारण आठवटा सवारी ठोक्किएका थिए । जहाँ २ जनाको मृत्यु भएको थियो ।

http://gandaknews.com/hetauda-acc/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ