पोखरा, साउन ९ । सांसद जस्तै गण्डकी प्रदेशका स्थानीय तहका मेयर उपमेयरले पनि पिए राख्न पाउने भएका छन् । गएको असार २५ गतेको निर्णय अनुसार प्रदेशभित्र रहेका महानगरका मेयर र उपमेयरलाई पिए (स्वकीय सचिव) राख्न पाउने ब्यवस्था गरिएको हो ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐनमा ‘निजी सचिवालयको व्यवस्था’ भन्ने उपदफा थप गरिएको छ । महानगरका मेयरले राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखाअधिकृत सरह र उपमेयरले राजपत्र अनंकित प्रथम श्रेणीको नासु सरहको स्वकीय सचिव राख्न पाउने भएका हुन् ।
गण्डकी प्रदेशमा ८५ स्थानीय तहहरु छन् । एउटा महानगरपालिका, २६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गण्डकीमा पर्छ । पोखरा महानगरपालिकाका मेयर र उपमेयरले मात्रै यो सुविधा पाउने सरकारले जनाएको छ ।
यसैबीच, प्रदेशका जनप्रतिनिधि र सांसदको सेवा सुविधा सम्बन्धि संशोधित प्रश्ताव प्रदेशसभामा पेस गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उक्त ऐन संशोधनका लागि प्रदेशसभामा पेश गरेका हुन् ।
यसअघि महानगरपालिकाका मेयर र उपमेयरले प्राविधिकबाट कर्मचारी भर्ना गरेर स्वकीय सचिवको रुपमा परिचालन गर्दै आएका थिए । ऐन संशोधन भएपछि सम्बन्धित स्थानीय तहले नै खर्च व्यहोर्ने गरी स्वकीय सचिवले सुविधा पाउनेछन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु