पोखरा पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव बढेको छ । अस्पतालको लापरवाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित छन् । बिहिवार बिहान कास्की अन्नपूर्ण गाउँपालिका घर भइ पोखरा चाउथे बस्दै आएकी ३३ वर्षीय निशा कुमारी थापाको मृत्यु भएको थियो ।
सामान्य रुपमा सुत्केरी भएकी निशाको उच्च रक्तस्राव भएपछि ज्यान गएको हो । रगत नथामिएपछि आफूले सिस्टर (नर्स) लाई भन्दा पनि वास्ता नगरेको र यसमा डाक्टर, अस्पताल कोहि पनि जिम्मेवार नबनेको कुरुवा बसेकी निशाकी बहिनी तारा थापा मगरले बताइन् । ‘बच्चा सामान्य रुपमा नै जन्मियो, रगत धेरै बगेर नर्सलाइ खबर गर्दा अलि अलि हुन्छ भन्दै वास्ता गरेनन् । पछि रक्तस्राव बढ्दै जाँदा समेत वास्ता गरेनन् । दिदीको यो हालत बनाए ।’ ताराले भनिन् ।
उनका अनुसार अहिले पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ । आक्रोशित भिडले ढुङ्गा प्रहार गर्न थालेपछि बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको छ । ड्युटिमा रहेका कर्मचारीलाई समेत ल्याउन पर्ने भन्दै उनीहरुले नाराबाजी गरिरहेका छन् । यस अस्पताल सामुदायिक नाम भएपनि निजी अस्पताल नै हो । जहाँ प्राइभेट हस्पिटल झैं महंगो छ ।
तस्विरः सुरेश सुनार
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु