पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष खगराज आचार्यलाई दुव्र्यवहार सहित कुटपिट गरिएको छ । कास्की निर्मलपोखरी घर भई पोखरा १७ बिरौटा बस्दै आएका आचार्य थरकै दातारामले अघि साँझ कुटपिट गरेका हुन् ।
कुटपिटमा संलग्न दातारामलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको डिएसपी कोमल शाहले जानकारी पुष्टि गरेका छन् । ‘राष्ट्रबैंकचोकमा कुटपिट भयो भन्ने जानकारी आएपछि हामीले नियन्त्रणमा लिएर आयौं ।’ – डिएसपी शाहले भने – ‘उहाँ खानेपानी आयोजनाका अध्यक्ष पनि हुनुहुँदो रहेछ । मलाई चित्त नपरेर गाली चाहिँ गरेको हुँ पिटेको हैन भन्नुहुन्छ । अनुसन्धान जारी छ ।’ पोखरा राष्ट्रबैंकचोक स्थित जुस पसलमा रहेका बेला दुव्र्यवहार र कुटपिट भएको बताइएको छ ।
के भन्छन् वडा अध्यक्ष खगराज आचार्य ?
‘आज पौने ५ बजेतिर म कार्यालयबाट निस्केँ । फुस्रेखोला, कृस्ति, निर्मलपोखरी, भरतपोखरी सडक अन्तर्गत मैदान खण्डमा भोलि पिच हुने भएकाले प्राविधिक सहित लिएर निरिक्षणमा गएँ । ६ बजेतिर फर्कियौं । राष्ट्रबैंक चोक नजिकै गाडी रोकेर जुस पसलमा पुग्यौं । त्यहाँ रहँदा रहँदै एक्कासी ममाथि मुक्का बर्सियो । मलाई नदेख्ने गरी आएर हानेको हो । एक चोटी हानेपछि पछाडि हेर्न लागेको सकिनँ, अर्को मुक्का पनि हान्यो । हेल्मेटले हान्न खोज्दै थियो । म जनप्रतिनिधिले केही गर्न मिलेन मलाई बचाइदिनुस् भनेर म कराएँ । ५ मिनेट जति नै दाताराम बसेर नानाथरी गाली गरे । कोहि आएनन् । जुस पसलका साहुले पनि बचाउ गरे । केही चिनेकाले समातेर बाहिर लगे । प्रहरी बोलाएर उसलाई लग्यो । डिएसपी साब आफै आउनुभयो । बाटोमा फेरि फोन गरेर तलाई घरमै आएर मार्छु भनेर समेत भन्दै थियो । यो कुरा इन्स्पेक्टरले समेत सुनेको छ । रक्सी पिएर मातेर आएर मलाई हानेको हो ।’
कारण के ?
कुटपिटमा संलग्न दाताराम आचार्य कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष समेत रहेको डिएसपी शाहले जनाएका छन् । आफ्नो गाउँविकासमा खगराज आचार्यको सक्रियता अलि बढी नै रहेको छ । तर, दातारामको फेसबुक हेर्दा उनले पनि गाउँतिरका लागि केहि गर्न खोजेको देखिन्छ । जनप्रतिनिधिको कामप्रति चित्त नबुझेको उनका स्टाटसहरु छन् ।



सम्बन्धित खबर
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
यो पनि पढौँ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे