अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भयो । स्याङ्जा वालिङकी समिक्षा सुवेदी र स्याङ्जाकै गोपाल भण्डारीको दुःखद निधन भयो । अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो। उनीहरु स्नोई माउण्टेन भनिने पहाडी क्षेत्रमा हिउँ खेल्न जाने क्रममा दुर्घटनामा परेका हुन् ।
५ जना सवार कार सडकबाट १६० मिटर टाढा उछिट्टिएको अष्ट्रेलियाको एबीसी समाचार संस्थाले जनाएको छ । कार चालक पोखराकै सागर भट्टराईका साथै संगित देवकोटा र अश्विन कँडेलको उपचार भईरहेको छ । अश्विन सामान्य घाईते मात्रै भए । चालक सागर पनि खतरामुक्त छन् । संगितको अवस्था गम्भिर रहेको जनाईएको छ । संगीत र चालक सागरको क्यानबेरा हस्पिटलमा उपचार भइरहेको छ भने अश्विनलाई कुमा हस्पिटलबाट डिस्चार्ज गरिसकिएको छ । बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते सागर र संगितलाई हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा लगिएको थियो। कारको दायाँ छेवैमा बसेका समिक्षा र गोपाल दुवैको ज्यान गएको हो ।
https://www.facebook.com/samixa.subedi/videos/1315114031985054/
क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएन एसिटीका प्रतिनिधिहरु समेत अस्पताल पुगेका थिए।
सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीहरूका १५ जनाको टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो उनीहरू राति उडन रिजर्भमा गएर बसे तर सोही समूहको ५ जनाको एउटा टोली भने रातको दुई बजेतिर नै उठेर एउटा कारमा स्नोइ माउन्टेनतिर लागेको थियो। सोही समूहको कार बिहान पखको तीन बजेतिर दुर्घटनामा परेको हो।
तीव्र गतिमा रहेको सो कारले सडकमा कंगारु बचाउन खोज्दा दुर्घटनामा परेको घाइते एक विद्यार्थीले बताएका छन् । उडन रिजर्भ जाँदा उनीहरुले फेसबुक लाइभ समेत गरेका थिए । समिक्षाले दुई पटक लाइभ गरेकी छिन् । घटनापछि अहिले उनको भिडियो हजारौंले हेरेका छन् ।
https://www.facebook.com/samixa.subedi/videos/1315074875322303/
कसरी भयो दुर्घटना ?
उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए। कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताए।
घाईते अश्विन कडेलले भनेका छन्ः हामी बिहान साढे दुई बजेतिर उठेर हिँडेका थियौं, एक घन्टाको यात्रापछि अचानक गाडी अगाडि कंगारुजस्तो चिज देखियो, गाडी छलाउदा छलाउदै पल्ट्यो। त्यसपछि म गाडीभित्रै च्यापिएर बसेछु। ‘फोनको ब्याट्री पनि नभएकोले घाइते अन्य साथीहरुसँग मुख्य रोडमा चलिरहेको गाडी रोकेर सहयोग मागेर प्रहरीलाई जानकारी गराउन सफल भयौं’
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो