काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्ने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले प्रधानमन्त्रीसँगको कार्य सम्पादन सम्झौतामा उक्त परियोजना परिमार्जन गरी लक्षित वर्गमा पुर्याउने प्रतिवद्धता जनाएका छन् ।
खनालको कार्यसम्पादन सम्झौतामा यथाशीघ्र गर्नुपर्ने दुई काममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनरावलोकन गर्ने र किसानलाई दिएको अनुदान प्रणालीमा सुधार ल्याउने उल्लेख छ ।
परम्परागत निर्वाहमुखी खेती प्रणाली अन्त्य गर्न भन्दै सरकारले आर्थिक वर्ष २०७२/०७३ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुरुवात गरेको थियो । कृषिका कार्यक्रम धेरैतिर छरिएर प्रतिफल प्राप्त नभएको भन्दै सरकारले यो परियोजना सुरु गरेको थियो ।
कृषि उपजको उत्पादन वृद्धि गर्न आवश्यक प्रविधि र उत्पादन सामाग्रीको ब्यवस्था गर्ने, बाली र बस्तु उत्पादनमा यान्त्रीकरण भित्र्याउने र प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको ब्यवस्था गर्ने उद्देश्यले यो परियोजना सुरु गरिएको थियो ।
परियोजना सञ्चालनको पहिलो वर्ष ३० वटा यस्ता जोनहरु बनाइने र १० वर्षमा त्यस्ता जोन संख्या ३०० पुर्याउने भनिएको थियो । चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनः संरचना गरी विस्तार गर्न भनी ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी