पोखरा । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीण श्रीपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी सात जना घाइते भएका छन् । सो पहिरोमा परी गमबहादुर श्रीपालीकी श्रीमती वर्ष ३४ की सुनिता श्रीपाली, छोराहरु बर्ष १६ को अनिल श्रीपाली, वर्ष ९ को राम श्रीपाली र वर्ष ५ को कमल श्रीपाली घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ओमबहादुर श्रीपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पहिरोमा देबेन्द्र श्रीपालीका दुई घरहरु भत्किएका छन् भने श्रीमती वर्ष ४० की चित्रदेवी श्रीपाली घाईते भएकी छन् । पहिरोमा परी केहि भैँसी, बाख्रा र कुखुराहरु पनि मरेको प्रहरीले जनाएको छ ।
१५० मिटरमाथिबाट खसेको पहिरोले ५ घर पुरिएको वडाध्यक्ष उदिन छन्त्यालले बताए । पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ । अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको छ । उद्धारमा प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिएका छन् ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु