पोखरा । स्कूल बसहरु एकै रंगका हुनुपर्छ । सार्वजनिक सवारीहरुमा साना विद्याथीृहरु ओसार्न कुनै विद्यालयले पाउँदैन । तर, पोखराका स्कुलबसहरुमा भेडाबाख्रा झैं कोचाकोच पारेर विद्यार्थी बोक्ने गरेको भनेर हरेक स्कुलहरु आलोचित भईरहँदा सार्वजनिक नम्बर प्लेट प्रयोग गरि विद्यार्थी बोक्न प्रयोग गरेको समेत भेटिएको छ ।
उसो त स्कुलहरुले जाँचपास पनि नगर्ने, रुट इजाजत पनि नलिने गरेको आरोप पनि लागिरहेको छ । नियम विपरित सञ्चालित ५ वटा बस अहिले तीन दिन जति भो पृथ्वीचोकको व्यस्त बजार छेउमा लहरै राखिएको । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि नै बसहरु तेसारिएर बसेका छन् । राख्ने ठाउँ नभएको कारण त्यहीं राखिएको कास्की ट्राफिक प्रहरीले जनाएको छ । कार्यालयका प्रवक्ता सई जितसंग कार्कीले बस सञ्चालन निर्देशिका विपरित सञ्चालन भएका नीजि विद्यालयका विद्यार्थी बोक्न प्रयोग भएका बसलाई नियन्त्रणमा लिइएको ट्राजनाए ।
जुनियर सिटिजन्स एकेडेमीको ‘ना ८ ख, ३६०४’, मेट्रोपोलिटन एकेडेमीको ‘ग १ ख, २७६१’, एल।ए। सेकेन्डरी स्कुलको ‘ग १ ख, २४८८’ र होलि एन्जल सेकेन्डरी स्कुलको ‘ध १ ख, २४६’ नम्बरको बस कालो नम्बरप्लेटवाला हुन् । अर्थात्, सार्वजनिक सवारी । जसले यात्रु बोक्छन् । पिस जोन एकेडेमीको ‘ग १ क, ६४२’ नम्बरको बस मात्रै निजी हो । यो पक्राउ परेको चाहिँ सवारी कर नतिरेर हो ।
नियन्त्रणमा लिइएका बसलाई थप कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई छैन । २ हजार भन्दा बढी जरिवानाका लागि यातायात कार्यालय नै पठाईन्छ । त्यहाँ ५ हजार वा सो भन्दा बढी जरिवाना गर्ने तयारी गरिएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ