पोखरा । स्कूल बसहरु एकै रंगका हुनुपर्छ । सार्वजनिक सवारीहरुमा साना विद्याथीृहरु ओसार्न कुनै विद्यालयले पाउँदैन । तर, पोखराका स्कुलबसहरुमा भेडाबाख्रा झैं कोचाकोच पारेर विद्यार्थी बोक्ने गरेको भनेर हरेक स्कुलहरु आलोचित भईरहँदा सार्वजनिक नम्बर प्लेट प्रयोग गरि विद्यार्थी बोक्न प्रयोग गरेको समेत भेटिएको छ ।
उसो त स्कुलहरुले जाँचपास पनि नगर्ने, रुट इजाजत पनि नलिने गरेको आरोप पनि लागिरहेको छ । नियम विपरित सञ्चालित ५ वटा बस अहिले तीन दिन जति भो पृथ्वीचोकको व्यस्त बजार छेउमा लहरै राखिएको । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि नै बसहरु तेसारिएर बसेका छन् । राख्ने ठाउँ नभएको कारण त्यहीं राखिएको कास्की ट्राफिक प्रहरीले जनाएको छ । कार्यालयका प्रवक्ता सई जितसंग कार्कीले बस सञ्चालन निर्देशिका विपरित सञ्चालन भएका नीजि विद्यालयका विद्यार्थी बोक्न प्रयोग भएका बसलाई नियन्त्रणमा लिइएको ट्राजनाए ।
जुनियर सिटिजन्स एकेडेमीको ‘ना ८ ख, ३६०४’, मेट्रोपोलिटन एकेडेमीको ‘ग १ ख, २७६१’, एल।ए। सेकेन्डरी स्कुलको ‘ग १ ख, २४८८’ र होलि एन्जल सेकेन्डरी स्कुलको ‘ध १ ख, २४६’ नम्बरको बस कालो नम्बरप्लेटवाला हुन् । अर्थात्, सार्वजनिक सवारी । जसले यात्रु बोक्छन् । पिस जोन एकेडेमीको ‘ग १ क, ६४२’ नम्बरको बस मात्रै निजी हो । यो पक्राउ परेको चाहिँ सवारी कर नतिरेर हो ।
नियन्त्रणमा लिइएका बसलाई थप कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई छैन । २ हजार भन्दा बढी जरिवानाका लागि यातायात कार्यालय नै पठाईन्छ । त्यहाँ ५ हजार वा सो भन्दा बढी जरिवाना गर्ने तयारी गरिएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’