भित्री क्षेत्रमा रहेका घरहरुमा आगलागी भएको खण्डमा सानो गल्लीमा दमकल जान गाह्रो हुन्छ, गल्ली गल्लीमा रहेका घरहरु बाधक हुन्छन् । तर, पोखराको न्यूरोड जस्तो फराकिलो सडकमै जोडिएका घरमा आगलागी हुँदा दमकललाई के बाधक होला ? समस्या नहुनुपर्ने हो, तर भयो । मान्छेकै भिडका कारण अग्नी नियन्त्रकलाई गाह्रो भयो ।
मंगलबार अपरान्ह ४ बजेतिर पोखराकै प्रमुख व्यापारिक केन्द्र न्यूरोड स्थित एस मिनि मार्केटमा आगलागी भयो । दमकल पुग्न ७ मिनेट लाग्यो, तर प्रहरी भन्दा मान्छेका भिडहरु पहिले पुगे । केही मनकारीहरु मार्केटमा रहेका सटरहरुबाट फर्निचर तथा इलेक्ट्रिकका सामान सकुशल झिकेर सहयोग पनि गरे तर, त्यो भन्दा बढी भिड सेल्फी खिच्ने र भिडियो खिच्नेको थियो । जुन सार्वजनिक भएका तस्विर तथा भिडियोहरुमा देख्न सकिन्छ ।
त्यस भिडले तस्विर र भिडियो लिन छाडेर आगो निभाउनुपथ्र्यो भन्ने होइन तर त्यही भिडका कारण दमकल समेत छिर्ने बाटो नपाउनु, प्रहरीले सिठ्ठी लगाउँदा समेत भिड छिचोल्न हम्मे हम्मे पर्नु पक्कै पनि स्वभाविक मान्न सकिन्न । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले आज मान्छेको भिडका कारण निकै अफ्ठेरो भएको बताए ।

आगलागीबाट भाटभटेनी अगाडिको सो मिनिमार्केटका सबै २३ सटरमा रहेका सामानहरुमा कामै नलाग्ने गरी क्षति पुगेको छ । व्यवसायी यदुनाथ अधिकारीको सो मिनिमार्केटमा सात जनाले व्यापार गर्दै आएका थिए । झण्डै २ घण्टामा आगो पूर्ण नियन्त्रणमा लिन सकिएको हो । पौने ६ बजे आगो नियन्त्रणमा आएको हो । यसका लागि नेपाली सेना, सशस्त्र प्रहरीका अग्नीनियन्त्रक टोली र नेपाल प्रहरी खटिएका थिए । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
https://www.facebook.com/gandaknews/videos/358063281761772/

http://gandaknews.com/s-mini-market/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’