पोखरा । नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘मिस्टर दारी २०१९’ को पोखरा अडिसन सम्पन्न भएको छ । मंगलबार क्लाउड नाइनमा अडिसन सम्पन्न भएको हो । मिस्टर दारीका लागि पोखरा अडिसनबाट आठ जना छनोट भएको निर्णायक आशिष पुरीले जानकारी दिए ।

अडिसनमा सहभागी १९ जना मध्य ८ जना छनोट भएको पुरीले बताए । छनोट हुनेहरुमा नयाँबजारका बिक्रम पाण्डे, लुम्लेका जीवन देवकाेटा, शितलदेविका शम्भु ज. कार्की, रामबजारका शंकर ए सी, न्यु रोडका बसन्त मिश्र, लेखनाथका अमृत कुमार बराल, बिन्दबासिनीका ईश्वरी पाण्डे, लामाचौरका अनुप सुबेदी रहेका छन् ।

अडिसनमा मिस्टर दारी २०१९ का ब्राण्ड एम्बासडर एवं दारी ग्याङका फाउन्डर अभिषेकराज सिंह थापा, फेशन कोरियोग्राफर दिपक भट्टराई र पोखराका आयोजक आशिष पुरी निर्णायकको भूमिकामा रहेका थिए ।

पछील्लो समय नेपालमा दारी राख्ने ट्रेन्ड चलेपछी दारी प्रेमीहरु बढेको र त्यसैलाई लक्षित गर्दै ठन्डर प्रोडक्सनले ‘मिस्टर दारी २०१९’ आयोजना गर्न लागेको हो । यो प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताकै शैलीमा हुने भए पनि यसभित्रको खुराकहरु भने बिल्कुलै फरक रहेको ठन्डर प्रोडक्सनका प्रबन्ध निर्देशक बिजय कार्कीले बताए ।

यसका लागि अहिले देशमा बिभिन्न ठाउँमा अडिसन हुँदैछ । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवल, कोहलपुर, पोखरामा सम्पन्न भइसकेको छ । अब साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ ।

मिस्टर दारी २०१९ को फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ ।
http://gandaknews.com/mr-dari/
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला