पोखरा । गण्डकी प्रदेशले जनैपूर्णिमामा सार्वजनिक बिदा नदिने भएको छ । प्रदेश २ ले भने बिदा दिईसकेको छ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् । बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कुँवरले तागाधारी समुदायले मात्रै नभई यो पर्वलाई विभिन्न समुदायले धुमधामका साथ मनाउने र समुदायपिच्छे यसलाई फरकफरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा रक्षाबन्धन भएकाले यसको अत्यन्त ठूलो महिमा भएको बताएका छन् ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्’ प्रदेश प्रमुख कुँवरद्वारा जारी गरिएको सन्देशमा भनिएको छ,‘नेवारी समुदायले श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले आजको दिनलाई भगवान् गौतमबुद्धले काम शक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ ।’
उत्साह र उमङ्गका साथ विभिन्न समुदायले खुशीयालीस्वरुप मनाउने रक्षा बन्धनले मौलिक, परम्परा र साँस्कृतिक महत्व समेत बोकेका प्रदेश प्रमुख कुँवरले उल्लेख गरेका छन् । सन्देशमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको उल्लेख गरिएको छ ।
रक्षा बन्धनले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ । र प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव एकता, भातृत्व र अपनत्व एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख कुँवरले शुभकामना सन्देशमा भनेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना वक्तव्य जारी गर्दै जातजाति तथा समुदाय बिच आपसी सद्भाव प्रगाढ बनाई आर्थिक, सामाजिक र साँस्कृतिक रुपले समृद्ध प्रदेश निर्माण गर्ने प्रेरणा प्रदान गर्ने विश्वास लिएको जनाएका छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु