पोखरा महानगरपालिका भित्रको मुख्य सडकमा नै खाल्टाखुल्टी बढेको छन् । पोखराको मुख्य सडक जिरो किलो मिटरदेखि लेकसाइड हल्लनचोकसम्म सय बढी खाल्टाखुल्टी परेका छन् । यस्तै पोखरा जिरो किलो मिटर विन्ध्यवासिनी मन्दिर खण्डको फिर्के खोला पुलको बिच सडकमै खाल्टा हुँदा सवारी चालकलाई समयस्या परेको छ । यो सडक खण्ड चार लेनको हो । तर फिर्के पुल दुई लेनको मात्र हुँदा यस क्षेत्रमा धेरै दुर्घटना पनि हुने गरेका छन् ।
यसैमा पनि पुलको बिचमै खाल्टा हुँदा झन धेरै समस्या पर्ने गरेको नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले बताए । पोखरा महानगरका भित्री सडकमा पनि खाल्टै खाल्टा छन् । सडक बनाउँदा गुणस्तरीय नहुने, सडक बनाएको केही महिनामै भत्कने, ४ इन्चको ’थिकनेस’ मात्रै भित्री गल्लीका सडक हुँदा ठूला गाडी चल्दा भत्कने समस्या रहेको उनले बताए । फुटपाथ बिनाको सडक समेत बन्दा फुटपाथमा हिँड्ने पैदल यात्रु मर्कामा परेका छन् उनले भने ।
पुलको बिचमा खाल्टो पर्दा ठूला सवारी साधनको टारयर खाल्टामा परेर झड्का दिँदा पुलमा समेत असर गर्ने इन्जिनियर बताउँछन् । पोखराका अन्य मुख्य सडकहरूको हालत पनि उस्तै रहेको अधिकारीले बताए । पोखरा महानगरपलिकाका मेयर मानबहादुर जिसीले चुनाव जितेर आएपछि महानगरपालिकाका सडकका खाल्टाका कारण सवारी चालकले दुःख पाउनु नपर्ने बताएका थिए । खाल्टाखुल्टी भएको २४ घण्टामै पुरिने पनि उनले सुनाएका थिए ।
पोखराका मुख्य सडक र पुलमा महिनौदेखि खाल्टा पर्दा पनि महानगरपालिका र सडक विभागले चासो नदिएको अधिकारीले बताए । पोखराको जिरो किलो मिटर देखि हल्लन चोकसम्म तीन महिना अघिदेखि सय बढी खाल्टै खाल्टाका कारण सवारी चालकले सास्ती पाउँदा पनि महानगरपालिकाले चासो नदिएको नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले बताए ।
गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषण गरी मनाइरहेको छ । पोखरा भ्रमणमा सवारी साधन लिएर आउने पर्यटकहरू सडकको खाल्टै खाल्टाका कारण समस्यामा परेको बरालले सुनाए ।
पोखरा महानगरपालिकाका सूचना अधिकृत गंगलाल सुवेदीले वर्षाअघि एक चरण सडकका खाल्टा पुर्ने काम सकिएको र वर्षापछि भएका नयाँ खाल्टा छिटै नै पुरिने बताए । यसका लागि बनाउनु पर्ने सडकको अध्ययन गरिसकेको उनको भनाई छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’