विमानभित्र ‘चोरी गर्ने’ २ चिनियाँ नागरिक काठमाडौंमा पक्राउ

विमानभित्र ‘चोरी गर्ने’ २ चिनियाँ नागरिक काठमाडौंमा पक्राउ

save 1

जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ जना चिनियाँ नागरिकहरु काठमाडौंमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनियाँ राहदानी इजी–६८४२७२२ वाहक मा चिउवेइ र इजी–५७४२५२३ वाहक हु सिङचोङ छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थस्थित नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्ककी नागरिकले आफ्नो साथमा रहेको नगद र गहना चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । ती महिलाको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उक्त गहना र नगद चिनियाँ नागरिकले चोरी गरेको फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकहरुको साथबाट २ थान सुनको बाला र विभिन्न देशका मुद्रा फेला पारेको जनाएको छ । पक्राउ परेका २ चिनियाँमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी बृत्त गौशाला बुझाइएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds