पाटे बाघको आक्रमणबाट आइतबार बिहानै बर्दियामा फेरि एक जनाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्यांकी नजिक ७० वर्षीय वृद्ध पहरिया थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।
आइतबार बिहान ७ बजेतिर करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला बाघले आक्रमण गरी घिसारेर लैजाँदै गर्दा छिमेकी महिलाहरूले होहल्ला गरेपछि छाडेर गएको स्थानीय देवीराम दहितले बताए। बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको पाटे बाघको आक्रमणबाट वृद्ध थारूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनास्थल नजिक रहेको एउटा घरको बरण्डामा बिहान ४ बजेतिर बाघ देखेको समेत स्थानीयले बताएका छन्। घर नजिक रहेको निकुञ्ज भित्रबाट बिहानै पाटे बाघले आक्रमण गरेपछि स्थानीय त्रसित बनेका छन्। चार दिन अघि बिहीबार दिउँसो पनि बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका ४ की ५६ वर्षीय रामकली शाहीको ज्यान गएको थियो।
यसअघि बढैयाताल गाउँपालिकाको मैनापोखरमा नेपाल तथा भारतीय जंगलबाट र राजापुर क्षेत्रमा भारतिय जंगलबाट आएको पाटे बाघको आक्रमणमा परि दुई जनाको ज्यान गएको थियो। छ महिनाको अवधीमा बर्दियामा पाटे बाघको आक्रमणमा परि चार जनाको ज्यान गएको छ। यसैबीच पाटे बाघको आतंक बढिरहेको भन्दै बर्दिया निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका सामुदायिक वनभित्र घाँस-दाउरा लिन जंगलभित्र प्रवेस नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष