पोखरा । पोखरामा १० जना ट्राफिक प्रहरी सहित ४ सय ३९ जनामा डेंगू देखिएको छ । यो संक्रमण उपचार गर्न खटिएका अस्पतालका डाक्टर र नर्समा समेत डेंगू भेटिएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर ९ मा डेंगूको संक्रमण बढी देखिएको हो । डेंगू पोथी लामखुट्टेले टोक्दा सर्ने भाइरल संक्रमण हो ।
वडा नम्बर ८ र ९ मा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीमा लामखुट्टेले टोकेर भाइरल संक्रमण डेंगू देखिए पछि पोखराका विभिन्न अस्पताल र नेपाल प्रहरी अस्पताल काठमाडौंमा समेत उपचार भइरहेको जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए । कास्कीमा ९२ जना ट्राफिक प्रहरी कार्यरत छन् । थप ५ जना पनि लामखुट्टे जन्य भाइरल संक्रमण डेंगूकै सिम्ट्रम देखिएको उनले बताए ।
विभिन्न जिल्लाबाट पोखरा प्रवेश गर्ने पृथ्वीचोक बस पार्क वडा नम्बर ९ मा पर्दछ । वडा नम्बर ९ मा १ सय १८ जनामा लामखुट्टे जन्य भाइरल संक्रमण डेंगू देखिएको जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । वडा नम्बर ९ सँगै जोडिएको वडा नम्बर ८ मा १ सय ५ जनामा यो संक्रमण देखिएको उनले जानकारी दिए ।
पोखरा महानगरपालिकाको ३३ वडा मध्येमा २७ वटा वडामा लामखुट्टे जन्य भाइरल संक्रमण डेंगू देखिएको उनले बताए । एडिस एजेप्टाई र एब्लो पिक्टस जातको पोथी लामखुट्टेले टोकेको तीन देखि १४ दिनमा डेंगूको लक्षण देखिन्छ ।
वर्षा याममा पानी जम्ने थोत्रा टायर, टिनका बट्टहरु, खाली ड्रम, गमला, फुलदानी, आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने र यसको संक्रमण झन बढ्ने खतरा हुने भएकोले घर वरपर सरसफाईमा ध्यान दिनु पर्ने बरालले बताए ।
दिउसो टोक्ने कालो रंगको डेंगू फैलाउने लामखुट्टेको जिउँमा सेतो पट्टी हुन्छ । डेंगूको संक्रमण भएमा चिसो लाग्नुको साथै टाउको दुख्ने, ज्वरो आउने, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी लाग्नु वान्ता हुनु रगत बग्नु वा रगतको रैश देखिनु लगायतका लक्षण देखिने गर्दछ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’