पोखरामा एक निर्माण व्यवसायीको अपहरण गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पोखरा–६ का जीवन भनिने रत्नबहादुर कार्कीको अपहरण गरेको गरेको आरोप लागेकालाई प्रहरीले पोखरा–९ नयाँबजारस्थित शान्तिवन बाटिकाबाट पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा पोखरा–१५ का ४२ वर्षीय गौतम थापा, पोखरा–२ अर्चलबोटका ३४ वर्षीय रोहित सुनार, पोखरा–८ का ५० वर्षीय वासुदेव पोखरेल र पोखरा–१० का प्रेमबहादुर थापा छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । अपहरणमा पर्ने व्यवसायी कार्की उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ ।
उनीहरुले पीडित कार्कीलाई पटक–पटक ज्यान मार्ने, अपहरण गर्ने जस्ता धाकधम्की दिदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान बहादुर कार्कीले बताए । रत्न बहादुर कार्कीले आफूले १६ लाख रुपैयाँ सापटी लिएको तर, ८ वर्षमा ३ करोड भन्दा बढी रकम तिरिसकेको प्रहरी समक्ष बताएको प्रहरीले जनाएको छ ।
उनीहरूले निर्माण व्यवसायी कार्कीलाई बुधबार बिहान करिब ११ बजे नयाँबजारको सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालय अगाडिबाट जर्बजस्ती गाडीमा हालेको प्रहरीले जनाएको छ ।

पीडित कार्की
जबर्जस्ती गाडीमा हालेर मोटरसाइकलको स्कटिङमा पोखराको शान्तिवनमा छिरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी राजकुमार केसीले बताए । कार्कीलाई निर्माण व्यवसायी समितिको कार्यालय परिसरमा लगेर थुनिएको थियो ।
पक्राउ पर्ने टोलीको नाइके गौतम थापा भएको प्रहरीको भनाई छ । थापा नेतृत्वको टोलीले मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले जनाएको छ । थापा नेतृत्वको टोलीले मिटर ब्याजका लागि अपहरण गरेको हुन सक्ने प्रहरीको आशंका छ । अपहरण गरेर चर्को मिटर ब्याज अशुल्ने गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
‘बाहिर देखाउनका लागि केही सामाजिक काम पनि गरे जस्तो गर्दै चर्को मिटर ब्याज अशुल्ने काम गौतम थापा नेतृत्वको टिमले गर्दो रहेछ,’ प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘कार्कीलाई पनि त्यसैको लागि अपहरण गरेको हुनसक्छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यथार्त केही समयमै पत्ता लाग्ने छ ।’ पक्राउ परेका चारै जनालाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने डीएसपी कार्कीले बताए ।
https://youtu.be/GhUtp4YnDRM?t=40
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु