मनाङको हुम्डे विमानस्थलमा ६ वर्षपछि पुग्यो विमान [फोटो फिचर]

मनाङको हुम्डे विमानस्थलमा ६ वर्षपछि पुग्यो विमान [फोटो फिचर]

manang humde airport (1)

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको गण्डकी प्रदेश सरकरले मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा ल्याएको छ । विमानस्थलको धावनमार्ग मर्मतलगायतका प्राविधिक कार्य सम्पन्न गरेर सरकारले ६ वर्षदेखि बन्द रहेको हुम्डे विमानस्थलमा शुक्रबारबाट सञ्चालनमा ल्याएको हो । गत पुस २४ गते नै तयारी गरिएपनि मौसमको कारण देखाउँदै उडान भर्न सकेन । शुक्रबार एक परीक्षण उडान गरिएको छ ।

पोखरा विमानस्थलदेखि बिहान ८:३४ बजे उडेको समिट एयरको ‘९एन एएमजी एलइटी ४१०’साइनको जहाजले २५ मिनेटपछि हुम्डे विमानस्थल अवतरण गरेको थियो। परीक्षण उडानमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, प्रमुख सचिव हरि बस्याल, मनाङका प्रतिनिधिसभा सांसद पोल्देन गुरुङ सवार थिए ।

२०३९ सालमा बनेको यो विमानस्थलमा २०७० सालदेखि बन्द थियो । ५ वर्षअघि ६ सय मिटरको कच्ची विमानस्थल ९ सय मिटर लम्बाइ र २० मिटर चौडाइमा पिच गरी विस्तार गरिएको भएपनि उडान हुन सकेको थिएन। ९ करोड लागतमा पुनर्निमाण भएको विमानस्थल सञ्चालनमा ल्याउन यसअघि पटकपटक प्रयास थालिएको थियो।

आगामी १० असोजमा अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिनदेखि नियमित उडान हुने प्रदेशका उद्योग, पर्यटन, वन वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए । उनले विमानस्थल सञ्चालनलाई नियमित बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय पर्यटन दिवसदेखि विमानस्थलमा नियमित उडान गराउन प्रदेश सरकारले योजना बनाएको मन्त्री लम्सालले बताए । पर्यटनसँग सम्बन्धित निकायसँग मिलेर मनाङ प्याकेजको बारेमा समेत आफूहरुले सोचिरहेको उनले बताए ।

विमानस्थलमा भौतिक पूर्वाधारका अझ धेरै काम गर्नुपर्ने भएकाले त्यसलाई प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । २०३९ सालमा धावन मार्ग बनाईएको यस विमानस्थल डेढ वर्षअघि मात्र कालोपत्रे गरिएको थियो । विमानस्थल कालोपत्रे गरिएपछि पहिलो पटक विमान सञ्चालनमा आएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको मुख्य आर्थिक समृद्धिको आधार पर्यटन रहेकोले मनाङको पर्यटन विकासको लागि प्रदेश सरकारले बन्द विमानस्थल सञ्चालनमा ल्याएको बताए । ‘विमानस्थल सञ्चालनमा आएपछि नियमित उडान हुनुपर्छ । पर्यटकीय गतिविधि बढ्नु पर्छ,’ उनले भने ।मनाङका संघीय सांसद पाल्देन गुरुङले यो परीक्षण उडान भएको जानकारी गराउँदै अब पर्यटक आगमनको सिजनमा भए पनि नियमित गराइने बताए । टोली २ घन्टापछि पुनः पोखरा फर्किएको थियो।

११ हजार १ सय ४५ फिट उचाइको हुम्डे विमानस्थलमा विश्वको १८औं अग्लो स्थानमा रहेको विमानस्थलमा हो ।

http://gandaknews.com/manang-plane-2/

http://gandaknews.com/manang-plane/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds