प्रदूषण र नदीमा बग्ने प्रदूषित पानीका कारण कुनै बिरुवा छिटो बढ्ने गर्छन्। तीनै बोटबिरुवामा लामखुट्टे पनि हुर्कन्छन्। भारतका वैज्ञानिकहरूले लामखुट्टे मार्नका लागि एक ड्रोन बनाएका छन्। यो ड्रोन तीनदेखि चार मिटरको उचाइमा उड्छ र रसायनलाई छर्कने गर्छ।
यो ड्रोनमा १० लिटर रसायन अटाउन सक्छ। जसले लगातार नदीको हरेक कुनामा त्यसलाई छर्कने गर्छ। जुनजुन ठाउँमा लामखुट्टे हुर्कने बिरुवा हुन्छन्, ड्रोनले ती बिरुवालाई स्क्यान गर्छ। थर्मल सेन्सरको माध्यमद्वारा वैज्ञानिकहरू नदीको भिडियो लिन्छन्। त्यसबाट नदीमा कति लामखुट्टे छन् भन्ने थाहा हुन्छ।
वैज्ञानिकहरूलाई बिना ड्रोन यो काम गर्न १० दिनदेखि एक महिनासम्म लाग्थ्यो। त्यसको लागि डुंगाको आवश्यकता पथ्र्याे। मजदुरहरूलाई सफा गर्नको लागि डुंगाबाट नदीमा ओर्लिनुपथ्र्याे। जो एक अपमानजनक काम मानिन्थ्यो। स्प्रेको काम नदीको किनारमा त हुन्थ्यो तर बीचमा हुँदैनथ्यो। यो ड्रोनले हरेक कुनामा स्प्रे गर्छ। यो दस गुना सस्तो पनि पर्छ। पहिले नदीमा सफा गर्न पाँचदेखि १० लाख रुपैयाँ लाग्थ्यो तर अहिले ड्रोनबाट प्रतिदिन २५ हजार मात्र लाग्छ।
योभन्दा पहिले नदीमा कति लामखुट्टे छन् भन्ने कुरा पानीको स्याम्पलबाट अनुमान लगाइने गरिन्थ्योे। अहिले थर्मल स्क्यानरले नदीमा कति रसायनको आवश्यकता छ भन्ने पत्ता लगाउँछ। यो प्रोजेक्टको सुरुआत तीन नदीमा गरिएको थियो। तर अब एक सय ८५ नदीसम्म पु¥याउने लक्ष्य वैज्ञानिहरूको छ।
रसायन छर्केेपछि र नछर्किंदै वैज्ञानिकहरूले पानीको नमुना परीक्षण गरेका थिए। रसायन छर्केपछि लामखुट्टेको संख्या ६० प्रतिशतसम्म घटेको वैज्ञानिकहरूले बताएका छन्। आउने दिनमा वैज्ञानिकहरूले कुन समय कुन नदीमा कति लामखुट्टे छन् भनेर नक्सा पनि डिजाइन गर्ने भएका छन्।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’