काठमाडौं – नेपाली टोली शुक्रबारदेखि सञ्चालन हुने साफ–१८ फुटबल च्याम्पियनसिपको उपाधि रक्षा गर्ने दाउमा छ। यसअघिका दुई संस्करण लगातार जितेको नेपाली टोली घरेलु मैदानमा आयोजना हुने च्याम्पियनसिप जितेर उपाधिका ह्याट्रिक गर्ने अभियानमा रहेको नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए।
‘हाम्रो तयारी राम्रो छ। उमेर समूहमा राम्रो गर्दै आएकोले यसपटक पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेछन्,’ प्रशिक्षक श्रेष्ठले भने। श्रेष्ठले टोलीको कप्तानको जिम्मेवारी जया गुरुङलाई दिएका छन्। टोलीको उपकप्तानमा नीतिन थापा रहने छन्।
असोज १२ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपका लागि यसअघि नै नेपाली टोलीको घोषणा भइसकेको छ। श्रेष्ठले प्रशिक्षणमा रहेको २५ खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। यसअघि प्रशिक्षणमा रहेका गोलरक्षक रोहित कार्की र मिडफिल्डर दीपेश गुरुङ अन्तिम टोलीबाट बाहिरिएका छन्। टोलीको गोलरक्षकमा विशाल सुनार, सूर्य अधिकारी र पूजन होना छन्। रक्षकमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, एरिक रुम्बा र एन्जल महर्जन छन्।
मिडफिल्डरमा शिशिर लेखी, दीपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जया गुरुङ, मनीष थापा, कौशल फुयाँल र नीतिन थापा छन्। स्ट्राइकरमा वृजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनीष डाँगी रहेका छन्।
च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन्। नेपाor लले पहिलो खेल माल्दिभ्ससँग शुक्रबार खेल्नेछ। नेपालले दोस्रो खेल भुटानसँग असोज ५ गते खेल्नेछ। समूह ‘बी’ मा बंगलादेश, भारत र श्रीलंका रहेका छन्। पाकिस्तानले अन्तिममा भाग नलिने जनाएको थियो। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। च्याम्पियनसिपमा खेलहरू हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदान हुनेछ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु