गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गत भाद्र १७ गते तीजको भोलिपल्ट स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नंं ३ स्थीत मीनडाँडामा ३० बर्षिय गोरे भनिने चित्रबहादुर खड्का र उनका ४ बर्षिय नाबालक छोरा रिजन खड्काको हत्या भयो । हत्यामा संलग्न भएको आरोपमा स्थानीय दानबहादुर मल्ल (दिपक) लाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दायर गरेको छ ।
दीपक बिदेशबाट भर्खर घर आएको दुई महिना मात्र भएको थियो । मृतक गोरेसंग दिपकको श्रीमतीले फोनमा कुराकानी गरेकै शंकामा दिपकले हत्या गरेको गाउँलेहरुले बताएका छन् । उनी मानसिक र नसाको रोगी भएको उनकी श्रीमतीको भनाई छ । तीजको बेला भएकाले आफू माईती गएको र गाउँमा यसतो घटना घट्यो भनेर फोनमा उनै दिपकले भनेका थिए ।
नाबालक छोरा र बाबुको हत्या मल्लले गरेका अनुसन्धानबाट खुल्न आएकोले निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी नबिनकृष्ण भण्डरीले जानकारी दिए। मृतक खड्का श्रीमती अनिता खड्काको किटानी जहेरी र अनुसन्धान गर्दा हत्यामा मल्लको संलग्नता भेटिएको भण्डरीले बताए। उनलाई पक्राउ गरी जिल्ला अदालतमा म्याद थपका लागि पेश गरी थप अनुसन्धान भैरहेको छ।
राति एउटै कोठामा सुतिरहेको अवस्थामा धारिलो हातियार प्रहार गरी बाबुछोराको हत्यासँगै लामो समय घट्नामा संलग्नको पत्ता नलगाउदा प्रहरीको अनुसन्धान माथिनै प्रश्न चिन्ह खडा भएको थियो। घट्नास्थलमा कुकुर समेत परिचालन गरेको थियो।
तर, कुनै तथ्य फेला पार्न सकेका थिएन। बाबुछोराको घाँटी र ज्यानमा दारिलो हातियार प्रहार गरी हत्या भएको पोष्टमार्टम रिपोर्ट देखाएको छ। प्रहरीले घट्नाका क्रममा प्रयोग भएको खुकुरी समेत बरामद गरेको थियो। पक्राउ परेका मल्ललाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान