पोखरा । पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु भएको छ । पोखरा महानगर २२ को खाल्से चिसापानीको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर काभ्रेकोे धुलिखेल नगरपालिकाकी २५ वर्षीया अनु भण्डारीको ज्यान गएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले पुष्टि गरे ।
घुम्नका लागि अनुसहित करिब १० जनाको टोली भक्तपुरबाट पोखरा आएको डिएसपी शाहले बताए । ‘१० जनाको टोली पोखरा आएको भन्ने बुझिएको छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने । मृतक भण्डारीसहित उनका केही साथी मंगलबार दिउँसो १ बजे पौडी खेल्न खोलामा पुगेका थिए । पोखरा घुम्न आएकी भण्डारी डुबेर बेपत्ता भएको खबर पाउना साथ प्रहरी खटिएको थियो । तर उनको सकुशल उद्धार भने हुन सकेन ।
यस्तै, पौडी खेल्ने क्रममै डुबेकी अर्की एक युवती भने बच्न सफल भएकी छन् । भण्डारीसँगै आएकी पनौती नगरपालिकाकी २५ वर्षीया भावना बस्नेतको भने उद्धार गरिएको छ । प्रहरीका अनुसार पौडी खेल्न नजानेका उनीहरु सबै खोलामा पसेका थिए । केहीबेर छेउमा पौडिएपछि गहिरो भाग तर्फ पुग्दा उनीहरु डुबेका थिए । डुबेपछि अनु र भावनालाई उनका अरु साथीले बचाउने प्रयास गरे ।
भावनाको साथीहरुले उनको हात समातेर बचाए । अनु भने खोलामा रहेको जालीमा अड्किएकी थिइन् । पछि प्रहरीले अनुलाई खोलाबाट निकालेको थियो । उनको शव अहिले पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यस्तै, बस्नेतको अहिले पोखरा १७ बिरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
तस्विर: लिलाधर पौडेल
न्यूजः अनुप पौडेल बिगखबर डटकम
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु