पोखरा । कास्की प्रहरीले अपहरणको झुटो नाटक गर्ने एक पुरुषलाई पक्राउ गरेको छ । आफू अपहरणमा परेको झुटो नाटक गर्ने पोखरा ११ फुलबारी बस्ने ४२ वर्षीय नारायण प्रसाद पौडेललाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।
पक्राउ परेका पौडेलले गत शनिबार दिउँसो साढे १ बजे आफू अपहरणमा परेको जानकारी प्रहरीलाई दिएका थिए । उनले अपहरणकारीले रुपन्देही लगी छाडेर भारत तर्फ बोलाएको भनि रुपन्देहीमा आइतबार उजुरी दिएका थिए । उनको उजुरी पश्चात् प्रहरीले आफन्तकोमा फर्र्काएको थियो ।
अनुसन्धानका क्रममा उनी आफैँ रुपन्देही गएको र त्यहाँ गएर उजुरी दिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपि राजकुमार केसीले जानकारी दिए । लेनदेनको विषयबाट छुटकारा पाउन पौडेलले आफ्नै अपहरणको नाटक गरेको केसीले बताए ।
‘आफुले आर्थिक हिसाब दिन बाँकी रहेका मानिसलाई फसाउनका लागि अपहरणको नाटक गरेको खुल्न आएको छ ।’ डिएसपि केसीले भने । प्रहरीले अहिले यस बारे थप अनुसन्धान गरिरहेको छ ।
गत भदौ २५ गते बिहिबार पनि कास्की प्रहरीले निर्माण व्यवसायी रत्नबहादुर कार्की ‘जीवन’ को अपहरण गरेको आरोपमा एक गिरोह पक्राउ गरेको थियो । साथै आफ्नै श्रीमान्को अपहरणको प्रयास गरेको आरोपमा श्रीमति र एक पुरुषलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु