अशोक दर्जीको ‘मन बिनाको धन- २’ बाआमा सार्वजनिक, २ दिनमै १० लाख भ्यूज, ट्रेण्डिङमा (भिडियो सहित)

अशोक दर्जीको ‘मन बिनाको धन- २’ बाआमा सार्वजनिक, २ दिनमै १० लाख भ्यूज, ट्रेण्डिङमा (भिडियो सहित)

man binako dhan 2

काठमाडौं । अशोक दर्जीको मन बिनाको धन २ ‘बा आमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बाल गायक अशोक दर्जी गीतकार तथा संगीतकार टंक बुढाथोकी र उनका छोरा ए आर बुढाथोकीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अशोक दर्जीको मन बिनाको धन ठुलोको अपार सफलता पछि फेरि मन बिनाको धन २ सार्वजनिक भएको हो ।

अशोक दर्जी, संगीतकार टंक बुढाथोकी र ए आर बुढाथोकीको आवाजमा रहेको उक्त गीतमा स्वयं गायक साथै एलिसा श्रेष्ठ, रुविशा श्रेष्ठ, सनत प्रसाद श्रेष्ठ, दुर्गा रुेष्ठ, अशोक कुमार निरौला, सीता पौडेल, रौनक गहतराज, कपिल राज रसाइली, सागर घिमिरे लगायतका कलाकारलाई भिडियोमा देख्न सकिन्छ ।

शब्द शंकर आचार्य, संगीत र एरेन्ज टंक बुढाथोकीको रहेको छ भने कोरियोग्राफी दिपक राज सुनार र अर्जुन जिसीको सम्पादन रहेको छ । कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियो टंक बुढाथोकी युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds