पोखरा रंगशालामा निर्माणाधिन फुटबल रंगशालामा भारतबाट ल्याइएको दुबो ‘बर्मुडा ग्रास’लगाउने काम सुरु भएको छ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्येनजर गरी निर्माण भइरहेको रंगशालामा रोप्न भारतको कलकत्ताबाट बर्मुडा ग्रास ल्याइएको हो ।
भारतको ग्रेट स्पोर्टस कन्सट्रक्सन कम्पनी र नेपालको एम ए कन्सट्रक्सन प्रालीले निर्माण गरिरहेको रंगशालको कामलाई तिव्रता दिन कलकत्ताबाट दुबो झिकाइएको कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बरालले बताएका छन् ।

कलकत्ताबट झिकाइएको दुवो पोखरा आइपुग्न करिब ४ दिनको समय लाग्ने भएपनि भारतिय भन्सारले रोक्दा करिव एक साता लागेको प्रोजेक्ट म्यानेजर बरालले बताए । अहिले एक कन्टेनर मात्रै आइपुगेको छ अब केही दिन पछि थप ५ कन्टेनर दुब पोखरा आइपुग्ने बरालले जानकारी दिए ।

भारतिय भन्सारले माटो र बनस्पती जन्य पर्दाथ आयात गर्दा आवश्यक प्रक्रिया नेपालले पुरा नगरेको भन्दै भन्सारमा समस्या उत्पन्न गराएको प्रोजेक्ट म्यानेजर बरालले बताए । ‘अब सबै प्रक्रिया मिलिसकेको छ अब कुनै रोकावाट हुने छैन ।’ करिब १० स्क्वायर फिटको दुबोको चपेटालाई बिहीबार बाट नै पोखरा रंगशालामा तयार गरिएको मैदानको भागमा राख्न सुरु गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, उपनिर्देशक कृष्ण तिमिल्सिनाले संयुक्त रुपमा दुबो लगाउने कार्यको शुभारम्भ गरेका थिए । लगाइएको दुबो जम्न कम्तिमा पनि ४५ दिन लाग्ने क्षेत्रिय खेलकुदका इन्जिनियर प्रनिश ताम्राकारले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु