पोखरा रंगशालामा निर्माणाधिन फुटबल रंगशालामा भारतबाट ल्याइएको दुबो ‘बर्मुडा ग्रास’लगाउने काम सुरु भएको छ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्येनजर गरी निर्माण भइरहेको रंगशालामा रोप्न भारतको कलकत्ताबाट बर्मुडा ग्रास ल्याइएको हो ।
भारतको ग्रेट स्पोर्टस कन्सट्रक्सन कम्पनी र नेपालको एम ए कन्सट्रक्सन प्रालीले निर्माण गरिरहेको रंगशालको कामलाई तिव्रता दिन कलकत्ताबाट दुबो झिकाइएको कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बरालले बताएका छन् ।

कलकत्ताबट झिकाइएको दुवो पोखरा आइपुग्न करिब ४ दिनको समय लाग्ने भएपनि भारतिय भन्सारले रोक्दा करिव एक साता लागेको प्रोजेक्ट म्यानेजर बरालले बताए । अहिले एक कन्टेनर मात्रै आइपुगेको छ अब केही दिन पछि थप ५ कन्टेनर दुब पोखरा आइपुग्ने बरालले जानकारी दिए ।

भारतिय भन्सारले माटो र बनस्पती जन्य पर्दाथ आयात गर्दा आवश्यक प्रक्रिया नेपालले पुरा नगरेको भन्दै भन्सारमा समस्या उत्पन्न गराएको प्रोजेक्ट म्यानेजर बरालले बताए । ‘अब सबै प्रक्रिया मिलिसकेको छ अब कुनै रोकावाट हुने छैन ।’ करिब १० स्क्वायर फिटको दुबोको चपेटालाई बिहीबार बाट नै पोखरा रंगशालामा तयार गरिएको मैदानको भागमा राख्न सुरु गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, उपनिर्देशक कृष्ण तिमिल्सिनाले संयुक्त रुपमा दुबो लगाउने कार्यको शुभारम्भ गरेका थिए । लगाइएको दुबो जम्न कम्तिमा पनि ४५ दिन लाग्ने क्षेत्रिय खेलकुदका इन्जिनियर प्रनिश ताम्राकारले जानकारी दिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’