चितवन । सार्वजनिक कार्यक्रममा सत्ता पक्षवाट भएका भ्रष्टाचारको चर्को विरोध गर्दै सरकार विरुद्ध उग्र रुपले अभियान चलाएका ज्ञानेन्द्र शाही कुटिए । ‘नेपालका लागि नेपाली’ अभियानका शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको हो । प्रहरीले विद्यार्थीहरुले आक्रमण गर्दा गर्दै उद्वार गरेपनि शाहीको शरीरको ठाउँ ठाउँमा कुटपीटवाट चोटपटक लागेको छ । विद्यार्थीहरुको झुण्डले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।

चितवनको चौबिसकोठीमा खबरदारी सभा राखेकोमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले अवरोध गरेका हुन् । चर्चित सञ्चारकर्मी रवि लामिछाने चितवनमा प्रहरी हिरासतमा हुँदा हप्ता दिनसम्म सो ठाउँ तनावग्रस्त बनेको थियो । त्यसैबेला ज्ञानेन्द्र शाही समेत पुगेर माहौल तताएका थिए ।

मन्त्री योगेश भट्टराई प्लेन चढ्न १५ मिनेट ढिलो भएको घटनामा सरकार विरुद्ध माहौल बनाउने कार्यमा ज्ञानेन्द्र शाही सफल भएका थिए । त्यस घटनापछि ‘नेकपाका अरिंगाल’ खनिन्छन् भन्दै सामाजिक सञ्जाल तातेको थियो ।

चितवनमा ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रममा अवरोध भए लगत्रै शाहीमाथि कुटपिट भएको हो । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको जनाइएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ । धेरै अघिदेखि अभियान चलाउँदै आएका उनी एक पटक पक्राउ परेपछि सार्वजनिक रुपमा चिनिएका थिए ।


सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला