दसैं आ…यो
कीर्तिपुरस्थित पुष्पसदन विद्यालयमा कक्षा ८ मा पढ्ने विपिन डाँगालाई दसैं बिदाको खुसी त लागेको छ तर गृहकार्यको चिन्ताले पनि उत्तिकै सताएको छ। उनी दसैं बिदामा साथीहरूसँग घुम्न चाहन्छन्। गृहकार्य पनि सकाउनुपर्ने हुनाले रमाइलो गर्न नपाउने पो हुँ कि भन्ने पनि लाग्छ उनलाई। गृहकार्य नगरेमा साथीहरूमाझ अपमानित हुनुपर्ने र विद्यालयको सजायसमेत सहनुपर्ने मानसिक तनाव त्यत्तिकै छ।
दसैं नजिकिँदै छ। स्कुले भाइबहिनीका खुसीका दिन पनि नजिकिँदै छन्। एकोहोरो विद्यालयको दैनिकीदेखि छुटकारा मिल्नेबित्तिकै विद्यार्थीमा खुुसीको रौनक छाएको पाइन्छ। शरीरमा एक किसिमको फूर्ति पनि बढेको छ। कक्षा जति नै सानो भए पनि सकीनसकी झोलाभरि किताब, कापीको भारी र स्कुलको कडा अनुशासनमा बस्नु नपर्ने भएकाले विद्यार्थीमा चाडबाडका बिदाले उत्साह थपिदिएको छ।
अर्काेतिर कतिपय विद्यार्थी लामो बिदा हुँदा पनि खासै खुसी देखिँदैनन्। विद्यालयको नियम र अनुशासनमा बस्नु नपरे पनि बिदाभरिलाई पुग्ने गरी विद्यालयले दिएको गृहकार्यको भारी भने बिदाभरि नै बोकेर डुल्नुपर्ने बाध्यताले उनीहरूलाई सताएको छ। चाडबाडमा बिदा दिनु भनेको आफ्ना सामाजिक परम्परा, सस्कार, संस्कृति सिक्न सिकाउन र हर्षपूर्वक मनाउनका लागि हो। घरगाउँका अन्य सदस्यले बिनातनाव चाडपर्वमा रमाइलो गरिरहँदा विद्यार्थीले भने गृहकार्य कसरी सक्ने भन्ने तनाव लिनु पक्कै पनि राम्रो होइन। अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर सुनिता न्यौपानेले लेखेकी छन् ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला